मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Friday, 31 October 2008

कस्तो सम्योग

गीत (कस्तो सम्योग) बिमल गिरी
कस्तो सम्योग जुरो आज भेटभो तिमीसँग
दुई आँखाको मिलनसङै मन भयो उमङग

पिडादयी नहोस् यात्रा गन्तब्यमा पुग्नलाई
जिबन हाम्रो बिम्ब बनोस जुन ताराले थाहानपाई
साझ बिहान मुस्काइरहु सधैं तिमीसँग
दुई आँखाको मिलनसङै मन भयो उमङग

मुहार भरी अचम्मको चमक छायो आज
खुशी फुल्यो चारैतिर बिह्वल भयो लाज
जोसजागर झुल्क्यो मनमा भेट भयो तिमीसँग
दुई आँखाको मिलन सँगइ मन भयो उमङग

मन का कुरा

गीत (मन का कुरा) बिमल गिरी
मनका कुरा भन्नु थियो तिमीलाई आज
बिगत सम्झी रुदा रुदै परी गयो साझ

पिडा बोकी जिउन पनि गाह्रो हुदो रहेछ
घाएल बनी बाच्नु पनि सारो हुदो रहेछ
हास्ने मन रुवाइ गयौ तिमी ले मलाई आज
बिगत सम्झी रुदा रुदै परी गयो साझ

जिन्दगी भरी हास्नु पर्छ रुनु हुन्न कैले
भन्दै हामी सगै बस्थौ एक्लो भये ऐले
भेट्नु छुट्नु यस्तै रहेछ सम्झदैछु आज
बिगत सम्झी रुदा रुदै परी गयो साझ

ब्रुस्सेल्स,बेल्जियम
घर देश ।।।।चारपाने झापा

गयौ तिमी खोला पारी

गीत (गयौ तिमी खोला पारी) बिमल गिरी

गयौ तिमी खोला पारी छाडी मलाई बगर मा
फेरी तिमी कैले नआउ फर्की मेरो नजरमा

प्रहर तेसै बिती जान्छ किन आउछ साझ
मौन रुदै आशु पिउदै बसी रहेछु आज
चोट मलाई उपहार भयो खुशी दुब्यो सागरमा
फेरी तिमी कैले नआउ फर्की मेरो नजरमा

कहाँ जाउ गाउ छैन बास बस्ने ठाउँ छैन
जीबन मेरो अन्धकार भयो सागर तरौ नाउ छैन
टोलाई रहन्छु एकान्तमा सुसाइ रहन्छु बगरमा
फेरी तिमी कैले नआउ फर्की मेरो नजरमा

बेल्जियम,ब्रुस्सेल्स

बेमौसमी

गीत (बेमौसमी) बिमल गिरी

बेमौसमी यादहरु माग्न आए दिन्थे बरु
पैचो तिर्नु पर्दैन है झरी जाने बैशहरु

बषौ भयो आफैलाई बल्झी किन दुख्छ घाऊ
दोबाटोमा पर्‍यो साँझ अधेरी छ कहाँ जाउ
छाती भित्र पोल्ने घाऊ माग्न आए दिन्थे बरु
पैचो तिर्नु पर्दैन है झरी जाने बैशहरु

ओझेल पर्‍यो मौसम आज पिरको सागरमा
असिम पिडा आशु सगै सुक्यो बगरमा
एकान्तमा रुने मन माग्न आए दिन्छु बरु
पैचो तिर्नु पर्दैन है झरि जाने बैशहरु

चारपाने झापा
हाल बेल्जियम

बटुवा

कबिता (बटुवा) बिमल गिरी
उफ--कति लामा र
अनन्त घुम्तिहरु
अन्जुलिमा विश्वाशका खडेरी उघ्घाउदै
बर्तमानको भ्रुणलाई
आँखामा भ्रम पार्दै
कहाली लाग्दा
अक्कर र खोचहरी पारगर्दै
सुनगाभा फक्राउने
जीबनको सपना बुन्दै
छहरा र पहरामा
मुस्कान छर्न
बिहान खोजिरहेछ
बिचरा बटुवा

धाक्रे र तोक्मासगै
कैले दियालेको ओरालो
कैले सागुरिको उकालो
कैले पिलुवा र अरुणका
बगरहरुमा सुन्यतालाई रिक्ततालाई
ढाक्रेभरी बोकी
उराठलाग्दा बिभत्स बर्तमान
बोकिरहेछ
बिचरा बटुवा।

नाङिएकाछन खुट्टाहरु तुसारोले
चोइटिएकाछन कुर्कुचाहरु
प्रतेक सडक र गल्लिहरुमा
स्नेहका पोल्टाबाट
गौथलिले पठाएकी सातु
अरुणको पानीसग
गुन्द्रुक भिजाएर गरीबीसग पिउदै
उकुसमुकुस चपाइरहेछ
बिचरा बटुवा।

Sunday, 26 October 2008

तिहारको शुभ कामना !


मेरा सम्पुर्ण ब्लगर मित्रहरु लगायत मेरो ब्लगमा प्रवेश गर्नुहुने
सम्पुर्ण साथीहरुमा यो तिहारको शुभ कामना !


Saturday, 25 October 2008

शब्दका थुङाहरु

कबिता (शब्दका थुङाहरु) देवकोटा प्रती समर्पित बिमल गिरी

अतित बगेर बिगत बनेर
बर्तमानमा ईतिहास बनी
करोडौ ढुकढुकिको माझमा
शब्दशब्दमा छताछुल्ल
पोखिएकाछौ,
जिन्दगीका अप्ठ्याराहरु सँग
पौठीजोरी खेल्दै
पिडामा जल्दै
नेपालीहरुको मनमा
शब्दका रङगहरु बिम्ब र अलन्कारमा मुछी
भाषा प्रती मोह जगाइ
निरास मन र बिबसताका काडाहरुलाई बगाइ
मानब मनका डिलहरुमा
सौन्दर्यको प्रतिबिम्ब छर्यौ,
तिम्रो शुमधुर बाणिहरु
मुना मदन,शुलोचना,र सकुन्तल जस्ता
प्रख्यात कृतिहरुले
साझ बिहान ब्युझाइरहेछन।
एक पेट खानको लागि र आङ ढाक्न
कल्पनाको पोका र संघर्षको
कुम्लो बोकी,बहुप्रतिभाका धनी
कैले दरवार हाईस्कुल
कैले त्रि-चन्द्र कलेज र पटना
धाउदै, बियोगान्त भोग्दै चोट चपाउदै
जलन पिउदै,अघी बढ्यौ।
तिमीलाई कोलाहल र शहरको
भिडभाडले कैले छोएन
भौतिक आकर्षणले कैले लोभ्याएन
आस्थाको देउरालीहरुमा
पहाडको उजाड उजाड बस्तिहरुमा
आगन र चोकहरुमा
शब्दका थुङाहरु बिम्बका धागाहरुमा
गुथ्न सिकायौ,
तिम्रो यो महानता प्रति
शरदको थोपा सँगै म परदेशि
परदेशको पहाडबाट
तिम्रो
सम्मान गर्दै पुन शुभ साइतको
प्रतिक्षामा अल्झिरहेछु।।।

Thursday, 23 October 2008

तीज

कबिता (तीज) उषा गिरी
बर्षभरी का थकाईहरुलाई पर सारी
आसुँ र सुस्केराहरु लाई बढार्दै
बिगत का बर्षहरु झै
यो बर्ष पनि दिर्घ विश्वाश का साथ्
निलो आकाश लिएर,हामी तमाम दिदी बैनीहरु को
दैलो र आगनहरुमा सौगात बोकेर शुभत्व को सन्केत दिदै
हर्ष र उल्लास का साथ रातो साडी र हरियो पोते सँग मितेरी लगाउदै
आएकी छौ तीज।
बिहान को सुर्य को किरण सगै
नयाँ पालुवा र नयाँ घाम सगै
खुशी लिएर हाम्रो झुपडीहरुमा,
हिमाल पहाड र तराइहरुमा,नया सोच र बिचार लि
देश को नयाँ अनुहार फेर्दै आँखामा गुरास फुलाउदै
हातमा सएपत्री र मखमली,मन भरी सुनगाभा फक्राउदै
आएकी छौ तीज।
मनहरु को बिच को दुरिलाई,भोगाइहरु लाई
आरोह अबरोहहरु लाई सरल सँग सामना गर्न
पवन को संगितमय धुन सगै
हर प्रहर बिउझेर खुशी को सुधार को सन्केतहरु,गोरेटाहरु
स्पन्दनशिल र सुकोमल शैलिमा
हाम्रा आमाहरु र हाम्रा जननीहरु माझ
तिमी कोसेली बनी आँखा भरी गाजल,गाला भरी लाली
हात भरी रङीबिरङी चुरा लगाइ
बर्तमान् आएकि छौ तीज।
तिम्रो आगमनलाई तुलसी पत्र शाहीत
सर्बे सन्ती सुखिन
सर्बे सन्ती निरामया।।।।
चारपाने झापा
हाल बेल्जियम

Thursday, 16 October 2008

जीन्दगी

जीन्दगी (कबिता) -उशा गिरी

दुइटा पहाड को बिचमा
च्यापिएको र चेप्टिएको सागुरो क्षेत्रफल भरी
अबोधदता को आचलमा बेरिएको जीन्दगी
आधी र हुरिहरु को बिच मन को पहाडलाई
सागुरो बस्तिमा आउने जाडो छल्न
आँखाहरुलाई आधारात पछी पखेटा फट्फटाउदै
विश्वाशहरुमा भावनाहरु को खेती फ्स्टाइरहेछु
आजकाल यस्तै
यस्तै फस्टाइरहेछु समय बगिरहेछ
निरन्तर र लगातार आफ्नै रफ्तारमा,

चारपाने झापा

आमा

आमा (कबिता) - उषा गिरी

आमा आज म त्यसै त्यसै तडपी रहेछु
खुम्ची रहेछु करुणा र बिसाद पिडाहरुमा
दु:ख को भयानक महासागरहरुमा
कहाली लागिरहेछ असह्य पिडा का पुकारहरु देखेर।
आमा,आज म भाबुक बनी तिम्रो न्यानो छातीमा
टोलाई रहेछु सन्कल्प आधी र बतास बनी उडिरहेछन
चिसो सिरेटो बनेर।
आमा,घाउ ब्यथा बनेर भुतलमा उदास बगरहरुमा
नैरस्य को तक्मा बाडिरहेछन बिबेकहिन बुज्रुकहरु।
आमा आज म नारी हुनुको पिडा
भोगिरहेछु,जीबित अनुभब गरिरहेछु
सान्त्वना का स्तब्ध दुई शब्द रोइरहेछु।
आमा आज म प्राक्रिती को पोखरिमा
तिम्रो छिया छिया स्वरुप देख्ता मेरा इन्द्रिएहरु
त्रिसुलझै तिखारिन्छन,बिबेक सुन्य हुन्छु,
आमा तिम्रै समीपमा समर्पण
सुनगाबा सहित दुई शब्द।
घर देश---चारपाने झापा
परदेश ---बेल्जियम

जीबन

कबिता (जीबन) - उशा गिरी
पस्च्यातापमा डुबी
जीबन जिर्ण नबनाउ
जीबन एक इस्वर को उपहार हो,
चट्ट्यानमा फुल्ने सुनखरी त बाचिरहेछ
न जल न मल
यो पनि त भगवान को बरदान हो,
मानब जीबनमा कहिलेकाही
उताड चडाब त भइनै रहन्छ
यो पनि त एउटा रङगमन्च नै हो,
त्यसैले
सम्झ बुझ र सामना गर्न सिक
यहिनै तिम्रो महानता हो,
चारपाने झापा
हाल बेल्जियम ब्रुस्सेल्स

बर्तमान निरोहरु हो

कबिता (बर्तमान निरोहरु हो) बिमल गिरी

ए नेता भनौदा निरोहरु हो
आफ्नै मन मस्तिमा कैले सम्म क्रुरता प्रदर्सन गर्छौ?
सजक हुने बेला भएन अबता?
घ्रिणित बर्बरता को बिरोध कती गर्ने सोझा जनताहरुले?
बर्तमान निरोहरु हो किन गरिरहेछौ लुछाचुडी
यो पवित्र धर्तिमा,
नेपाली छातीहरुलाई आसुको भल बगाएर
किन धुक्क हुन्छन यि पशुहरु,कस्तो बिढम्बना?
ए नालाएक र निकम्मा नेताहरु हो,
इतीहासमा धब्बा नलगाउ तिमीहरुको बरबर्ता ले
होनहार सोझा जनताहरु दिक्क भइसके
दास मनोब्रिती परिवर्तन गर।
नाजिबाद बचाउन हिट्लर ले के गरे थाहा छ तिमीहरुलाई???
चौचेस्कु निकोलस र क्यथ्रिनलाई झै
नेपाली जनताले एकदिन शिकार बनाउनेछन पर्खमात्र।
ए कठ्पुतलिहरु हो?कैलेसम्म बोक्ने सउथ ब्लक को झन्डा???
विस्व सामु परिचये धमिलो नपार,
राष्ट्र को निर्णएक जनता बन्नेछन असत्य को बध गर्न।
अब तिमीहरु को ह्विप चल्दैन
सुन्दर अध्याएमा अनुधित हुन
अक्ष्यम्म गल्ती नगर।
ए पाखन्डीहरु हो दरिद्रता को प्लेग फैलाउने कोशीस नगर
फोस्रा भाषाण प्रयोग गरी बङगाली को माछेर झोल
मद्रासी को डोसा,गुज्राती को ढोक्ला,र मलेसियाली को
वान्टन सुप जस्ता फोस्रा आश्वासन
बाडी बेइमान नेता माहा बेइमान नबन।
तिमीहरुलाई अहनकार को एडस लागि सक्याछ
औठा छापहरु हो
हिरा र ढुङ्गा चिन्ने कोशीस गर
तिमीहरु को गोबरे दिमागमा चेतना भया ।।।।।


चारपाने झापा
हाल बेल्जियम

Wednesday, 15 October 2008

साल्पा

कबिता (साल्पा) बिमल गिरी

सुनदरता कि प्रतिक आकाशझै सङ्लो
बिशाल धरातल को भुगोल माथि
जलबायु तापमान सहेर प्रक्रिती कि रानी
श्रीजना र सभ्यता कि रुपवती
आफ्नो बिम्ब कोर्दै
चिर निन्द्रामा निदाइ रहेछिन
बादलुमा लुकिरहेछिन सुन्दरता कि रानी साल्पा,
आहा कस्तो सिङारिएकी
प्रसन्नता र शुभत्व को लक्षणता मानब मनमा
प्रेरणा जगाउने सुर्य को कोटी किरण
बायु देब ले ओसारी रहेको
अनन्त शक्ती
मानब मनमा प्रसन्न को अनुभुती को उर्जा
खोजी रहेकी साल्पा,
आहा....
कस्तो मनमोहक
सुम्निमा र पारुहान्ग को
प्रेम को प्रतिक सुन्पाती भाईरुम्पाती
विश्वास का साथ कोमल छाती भरी उर्जा दिदै
दन्त्य कथामा झै नियाली रहेछिन
साल्पा
आहा .....
आँफैमा आस्था बोकी मनै लोभौने
सेताम्मे हिउ सगै
शान्ती,दया ,त्याग र समर्पण का
सिमा रेखा कोर्दै
भाबुक्ता मा चुली रहेछ
टुक्रा टुक्रा धर्तिलाई
नयाँ घाम सँगै
मस्तिस्क मा विश्वाश उमारी सरद का दाना सगै
चुली रहेछ सिलिचुङ् साल्पा कै समिप्मा
आहा .....
घाम् लाई प्रेम गर्दै
हिउ को टोपी सगै बादलु को टाकुराहरुलाई
चिमल र पत्लिङो धुपी र बुकी
चाप र गुरास ले सुसज्जित
साल्पा
खुशी ले गद गद हुँदै
स्रधालु भक्तजन हरु प्रती ईच्छा
पुराहोस् भन्दै भाकल स्विकार्न
ब्यस्तछिन स्वर्गे कि रानी
साल्पा
चारपाने झापा

Sunday, 5 October 2008

उपासनाका गीतहरु

तिमी रङी बिरङी

स्वर: रामकृष्ण ढकाल
रचना: बिमल गिरी


तिमी रङी बिरङी रङमा फुल्छौ म त सेतै फुलेको छु
हजार चोट दियौ तर मैले सारा भुलेको छु

मेरो पनि बाटो थियो अबिरल बगिरहने
तर एउटा विश्वाश थियो त्यसलाई पनि छेकिदिने
तिमी हिड्छौ आफ्नै गतिमा, म त कुरिरहेको छु
म त सेतै फुलेको छु

अनायासै रोइदिने नजर मेरा बेइमानी छन
कता कता सल्बलाउने अधर मेरा अभागी छन
तिमी भुल्छौ सारा संसारलाई, म त खोजिरहेको छु
म त सेतै फुलेको छु

जहाँ गयो

स्वर: नरेन्द्र प्यासी
रचना: बिमल गिरी


जहाँ गयो ठेस लाग्छ हेर्छु क्षितिज पारी
ठगिस् मलाई कर्म भन्दै रुन्छु धरधरी ।

जिन्दगीको गोरेटोमा गर्नु पर्ने कति
समयले कोल्टे फेर्यो हुन्न सोचे जति,
मन् बुझाउँदै आफैंलाई राख्छु पारी पारी
ठगिस् मलाई कर्म भन्दै रुन्छु धरधरी ।

हुन्न रैछ सोचे जस्तो खोजे जस्तो जीवन्
भाग्य दोशी भन्दै रुन्छ एकान्तमा यो मन्
खुशीहरु सबै भागे सबै निरासालाई छाडी
ठगिस् मलाई कर्म भन्दै रुन्छु धरधरी ।

माथि माथि

स्वर: जगदिश समाल
रचना: बिमल गिरी


माथि माथि लेकैमा चौंरी गोठ, बाटोमा मैच्याङ भेटियो
रुपकी रानीलाई देखेर मनको तिर्खा मेटियो
अब त लैजान्छु मैच्याङ तिम्रो आप्पालाई सोधेर

आकाश राम्रो हे नि लै लै पुर्णेको जुनले
मैच्याङ राम्री लैबरी लै लै बत्तिसै गुनले
ल्हासा बाट सुन किनी ल्याउछु, बनाइदिन्छु झुम्के फुली
मेरो माया साचीं राखे सानो हुन्छ हिमाल चुली

लामा सँग हे नि लै लै जुराउँला साइत
जाउँला घर लैबरी लै लै नबस माइत
जोवन तिम्रो भरिन लाग्यो, भरिएर छल्की जाला
होस गर है कोही पापी तिमीसँग पल्की जाला

रिम झिम

स्वर: पुष्पा पौडेल
रचना: बिमल गिरी


रिम झिम पानीमा
नाच्न गाउँन मन लाग्यो
जवानीले छोएछ कि
पिरती गास्न मन लाग्यो

हावा पनि सुस्तरी चलिरहेको छ
कोयलीले को हो भनी गाइरहेको छ
मन यो किन चन्चल भो

मेरो कोमल मनमा बिझ्यो पिरतीको काँडा
जती जती सम्झन्छु म उती मायाँ गाढा
नशा मेरो पिरतीको हो

Wednesday, 1 October 2008

घमन्ड

लेखकः बिमल गिरी
चारपाने झापा

घमन्ड गर्नु राम्रो मानिन्न। समाजमा होस्, सभामा होस्। घमन्ड ले सदैब अप्ठ्यारा स्थितिमा धकेल्छ। यो सत्य र सार्थक हो। आज हाम्रो देशमा पनि राजनीतिक घमन्ड को रोग लागेको छ। यो चारैतिर फैली रहेछ। देशमा होस् वा बिदेशमा। माहामारी भयानक रोघ झै। देश र तमाम जनताहरु यो माहामारि रोगबाट अछुतो छैनन। समय को प्रबाह सगै आज हाम्रो देश बिकसित राष्ट्रहरु को दाजोमा पछाडि धकेलिदै गैरहेछ। सगैमा छिमेकी राष्ट्रहरु लाई हेर्ने हो भने चाइना र ईन्डिया कहाँ पुगिसके। बिकास को चरम सिमा नागिसक्यो। हाम्रो देश अझै राजनितिक खिचातानिमा लडिरहेछ। देश ऐले चाकडी र चुक्लिमा ब्यस्तछ। दलहरु एक अर्कामा राजनीतिक लुछाचुडिमा ब्यस्त छन। पौचवालाहरुले जागिरे शैलिमा सत्ताको चाकडी गर्नेबानी हटाउनु जरुरिछ। जनतामा शाहीस्णुता,बिबेक र परम्परालाई सम्मान गर्ने चरित्र हुन आबस्यक छ। चुनाव जितेपछी जनता को मालिक सम्झने परम्परालाई जरैबाट उखेल्न जरुरिछ। प्रजातन्त्रमा जनता सचेत हुन सकेनन भने बिक्रिती फैलिन्छ। अधिकारहरु किनबेच हुन्छन। ऐले हाम्रा देशमा यस्तै भाईरहेछ। हाम्रा नेताजीहरुले पनि घमन्ड गरी रहे भने चाउचेस्कु निकोलस र क्याथरिन झै एक दिन नेपाली जनताहरु को शिकार अबस्य बन्नेछन। एसमा दुई मत छैन। छिमेकी को प्रिय पात्र बन्न बिभिन्न शैलिमा नयाँ लेन्डुपहरु जताततै निमुखा जनताहरु को अगाडि राष्ट्र का पहरेदार हामी हौ भन्दै खोक्रा आश्वासन बाड्न ब्यस्त छन। तर नेपाली जनताहरु को न राम्रो बास को ब्यबस्थान आधा पेट खान नै पाएकाछन,यो साह्रै दु:खपूर्ण कुरा हो। आज हाम्रो देश दिन प्रती दिन उन्नती त कता हो कता अबोगतीतिर गैरहेछ। कस्तो बिढम्बना?आफुलाई बुद्दीजिबी र विद्वान ठान्नेहारु को होटबाजी चलिरहेछ। सोझा साझा जनताहरु रमित हेरिरहेछन,बिचराहरु के गर्न र के बोल्न नै सक्छन र,बोल्यो कि पोल्यो। हाम्रा महान नेताहरु पद को प्रलोभननमा चुर्लुम्मै डुबेकाछन् जो पनि र जे पनि डुब्ने बरमुडा ट्य्रङल भित्रझै। घमन्डी र पाखन्डिहरुआफ्ना स्वार्थ का निमित्त जे गर्न पनि तयारछन। सच्चरित्र अनुशासन र नैतीकता दुर्लब बन्दै गयोभने सधैं को लागि देश र जनताहरु पतन को खाडीमा जाकिने कुरा हाम्रा महान नेताजीहरु लाई थहा हुन जरुरी छ। राष्ट को हित र जनता जनर्दन को माया उत्तराधिकारीहरुमा हुन अनिबार्यछ। जन प्रतिनीधीहरुले अहन्कार को भाषालाई त्यागी जनताहरु प्रती सत्य र तथ्यलाई उजागर गर्दै देशबासिहरु प्रती चिन्तनशैलिमापरिवर्तन ल्याउन जरुरी छ। धर्म सस्क्रिती सम्प्रदाए र भाषा सम्बन्धी जनचेतना जगाउने खाल को योजनाहरु जनमानसमा ल्याइ सहमती द्वाराकार्यन्वएन गरी अगाडि बड्न सके प्रजातन्त्र को आवास आउने थियो कि?होइन भने समय अतिनै कस्टकर नहोला भन्न सकिन्न। ठुलो होस्वा स्यानो,धनी होस् वा गरीब,प्राये हामी सबै को सोचाइहरु सपनाहरु उस्तै उस्तै हुन्छन। काएर बनी जनताहरु को समस्या बाट भाग्न खोज्नु दमकल आँफै बल्नु जस्तै हो।


हाल: ब्रुस्सेल्स
कबिता (तराइ रोइ रहेछ) -बिमल गिरी

दु:ख को क्षेण
पिडा को सागर भित्र
आशु को बुद मिसाउदै
जीन्दगी का नाउ खियाइ रहेछन
आज तमाम तराइबासिहरु
कोशी का भएवित र उदास बगरहरुमा,
बिरह र ब्यथा सँगै सोकाकुल महा मुद्रामा
बेदनात्मक बन्धनबाट स्तब्ध
अनगिन्ती सोकाकुल सन्तानहरु बिच
ओठ् का थैली खोलेर
सिटामोल का दरिद्रिक मानसिकता
बोकी जिबित म्रित का प्रतिमाहरु
सान्त्वना का फोस्रा शब्दहरु
बाडन ब्यस्त छन,
हा हाकार र भये सगै
आशु का थोपाहरु लाई शुक्ष्म कण सम्झी
बेदनामा आशु पिउदै बाचिरहेका
उकुस मुकुस आँखाहरु का समिपमा
औपचारिकता का बकम्फुसे चिप्ला अबिलाषाहरु
ओकल्न आतुर छन बर्तमान बुल् फ्रगहरु (यो क्यानडामा पाइने भ्यागुता हो
यस् को आवाज १ कि मि सम्म सुनिन्छ तर केही अर्थ लाग्दैन)
चारपाने झापा
हाल बेल्जियम

प्रेम

कबिता (प्रेम) -बिमल गिरी

जीबन को यो एक
स्रिन्खलाबद्ध यात्रा
अनौठो र अनन्त
दुई ह्रिदएबिच मिलन को बिन्दु
बिशिस्ट र बिशाल गहिराइ
कैहिले गनतब्य एउटै
कैहिले फरक
कहिले हावा को उच्चबास सगै
भित्री मुटुको तह सम्म पुग्ने
स्निघ्ध यात्रा
पवित्र बस्तुत प्रेम हो र पर्खाल
दिगन्तसम्म रहने यात्रा हो
अलौकिक आनन्द हो र
प्रेम बिम्ब हो
प्रेम निशाना हो
प्रेम पल्लवित पुष्प हो
स्वर्गिय आनन्द हो
प्रेम अबिरल बगिरहने
सुन्दर झरना हो
निर्मल खोला हो,निरन्तर बगिरहन्छ
बिहानीको सुर्यको
सुन्दर र मनोरम किरणसगै
प्रेम,जीबनका आस्था
बसन्तले उमार्ने बैश
सभ्यताको प्रतिक र जिन्दगीका क्षणलाई
रङ्गाउने बस्तुहो प्रेम
हृदयको घनत्व नाप्ने
आस्थाको मापडन्द हो प्रेम
मनको आयतन भित्र प्रतिबिम्बित भई
असन्तुस्ट र अपमानित खाल्टोलाई
सम्म्याउने अभिन्न
अलङ्कारीक बस्तुहो प्रेम।
घर देश चारपाने झापा
परदेश बेल्जियम




Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.