मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Friday 31 October 2008

बेमौसमी

गीत (बेमौसमी) बिमल गिरी

बेमौसमी यादहरु माग्न आए दिन्थे बरु
पैचो तिर्नु पर्दैन है झरी जाने बैशहरु

बषौ भयो आफैलाई बल्झी किन दुख्छ घाऊ
दोबाटोमा पर्‍यो साँझ अधेरी छ कहाँ जाउ
छाती भित्र पोल्ने घाऊ माग्न आए दिन्थे बरु
पैचो तिर्नु पर्दैन है झरी जाने बैशहरु

ओझेल पर्‍यो मौसम आज पिरको सागरमा
असिम पिडा आशु सगै सुक्यो बगरमा
एकान्तमा रुने मन माग्न आए दिन्छु बरु
पैचो तिर्नु पर्दैन है झरि जाने बैशहरु

चारपाने झापा
हाल बेल्जियम

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.