कबिता (तीज) उषा गिरी
बर्षभरी का थकाईहरुलाई पर सारी
आसुँ र सुस्केराहरु लाई बढार्दै
बिगत का बर्षहरु झै
यो बर्ष पनि दिर्घ विश्वाश का साथ्
निलो आकाश लिएर,हामी तमाम दिदी बैनीहरु को
दैलो र आगनहरुमा सौगात बोकेर शुभत्व को सन्केत दिदै
हर्ष र उल्लास का साथ रातो साडी र हरियो पोते सँग मितेरी लगाउदै
आएकी छौ तीज।
बिहान को सुर्य को किरण सगै
नयाँ पालुवा र नयाँ घाम सगै
खुशी लिएर हाम्रो झुपडीहरुमा,
हिमाल पहाड र तराइहरुमा,नया सोच र बिचार लि
देश को नयाँ अनुहार फेर्दै आँखामा गुरास फुलाउदै
हातमा सएपत्री र मखमली,मन भरी सुनगाभा फक्राउदै
आएकी छौ तीज।
मनहरु को बिच को दुरिलाई,भोगाइहरु लाई
आरोह अबरोहहरु लाई सरल सँग सामना गर्न
पवन को संगितमय धुन सगै
हर प्रहर बिउझेर खुशी को सुधार को सन्केतहरु,गोरेटाहरु
स्पन्दनशिल र सुकोमल शैलिमा
हाम्रा आमाहरु र हाम्रा जननीहरु माझ
तिमी कोसेली बनी आँखा भरी गाजल,गाला भरी लाली
हात भरी रङीबिरङी चुरा लगाइ
बर्तमान् आएकि छौ तीज।
तिम्रो आगमनलाई तुलसी पत्र शाहीत
सर्बे सन्ती सुखिन
सर्बे सन्ती निरामया।।।।
चारपाने झापा
हाल बेल्जियम
Thursday, 23 October 2008
Sample text
This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.