मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Friday 31 October 2008

कस्तो सम्योग

गीत (कस्तो सम्योग) बिमल गिरी
कस्तो सम्योग जुरो आज भेटभो तिमीसँग
दुई आँखाको मिलनसङै मन भयो उमङग

पिडादयी नहोस् यात्रा गन्तब्यमा पुग्नलाई
जिबन हाम्रो बिम्ब बनोस जुन ताराले थाहानपाई
साझ बिहान मुस्काइरहु सधैं तिमीसँग
दुई आँखाको मिलनसङै मन भयो उमङग

मुहार भरी अचम्मको चमक छायो आज
खुशी फुल्यो चारैतिर बिह्वल भयो लाज
जोसजागर झुल्क्यो मनमा भेट भयो तिमीसँग
दुई आँखाको मिलन सँगइ मन भयो उमङग

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.