मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Friday 31 October 2008

मन का कुरा

गीत (मन का कुरा) बिमल गिरी
मनका कुरा भन्नु थियो तिमीलाई आज
बिगत सम्झी रुदा रुदै परी गयो साझ

पिडा बोकी जिउन पनि गाह्रो हुदो रहेछ
घाएल बनी बाच्नु पनि सारो हुदो रहेछ
हास्ने मन रुवाइ गयौ तिमी ले मलाई आज
बिगत सम्झी रुदा रुदै परी गयो साझ

जिन्दगी भरी हास्नु पर्छ रुनु हुन्न कैले
भन्दै हामी सगै बस्थौ एक्लो भये ऐले
भेट्नु छुट्नु यस्तै रहेछ सम्झदैछु आज
बिगत सम्झी रुदा रुदै परी गयो साझ

ब्रुस्सेल्स,बेल्जियम
घर देश ।।।।चारपाने झापा

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.