मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Friday 31 October 2008

गयौ तिमी खोला पारी

गीत (गयौ तिमी खोला पारी) बिमल गिरी

गयौ तिमी खोला पारी छाडी मलाई बगर मा
फेरी तिमी कैले नआउ फर्की मेरो नजरमा

प्रहर तेसै बिती जान्छ किन आउछ साझ
मौन रुदै आशु पिउदै बसी रहेछु आज
चोट मलाई उपहार भयो खुशी दुब्यो सागरमा
फेरी तिमी कैले नआउ फर्की मेरो नजरमा

कहाँ जाउ गाउ छैन बास बस्ने ठाउँ छैन
जीबन मेरो अन्धकार भयो सागर तरौ नाउ छैन
टोलाई रहन्छु एकान्तमा सुसाइ रहन्छु बगरमा
फेरी तिमी कैले नआउ फर्की मेरो नजरमा

बेल्जियम,ब्रुस्सेल्स

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.