मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Wednesday 1 October 2008

घमन्ड

लेखकः बिमल गिरी
चारपाने झापा

घमन्ड गर्नु राम्रो मानिन्न। समाजमा होस्, सभामा होस्। घमन्ड ले सदैब अप्ठ्यारा स्थितिमा धकेल्छ। यो सत्य र सार्थक हो। आज हाम्रो देशमा पनि राजनीतिक घमन्ड को रोग लागेको छ। यो चारैतिर फैली रहेछ। देशमा होस् वा बिदेशमा। माहामारी भयानक रोघ झै। देश र तमाम जनताहरु यो माहामारि रोगबाट अछुतो छैनन। समय को प्रबाह सगै आज हाम्रो देश बिकसित राष्ट्रहरु को दाजोमा पछाडि धकेलिदै गैरहेछ। सगैमा छिमेकी राष्ट्रहरु लाई हेर्ने हो भने चाइना र ईन्डिया कहाँ पुगिसके। बिकास को चरम सिमा नागिसक्यो। हाम्रो देश अझै राजनितिक खिचातानिमा लडिरहेछ। देश ऐले चाकडी र चुक्लिमा ब्यस्तछ। दलहरु एक अर्कामा राजनीतिक लुछाचुडिमा ब्यस्त छन। पौचवालाहरुले जागिरे शैलिमा सत्ताको चाकडी गर्नेबानी हटाउनु जरुरिछ। जनतामा शाहीस्णुता,बिबेक र परम्परालाई सम्मान गर्ने चरित्र हुन आबस्यक छ। चुनाव जितेपछी जनता को मालिक सम्झने परम्परालाई जरैबाट उखेल्न जरुरिछ। प्रजातन्त्रमा जनता सचेत हुन सकेनन भने बिक्रिती फैलिन्छ। अधिकारहरु किनबेच हुन्छन। ऐले हाम्रा देशमा यस्तै भाईरहेछ। हाम्रा नेताजीहरुले पनि घमन्ड गरी रहे भने चाउचेस्कु निकोलस र क्याथरिन झै एक दिन नेपाली जनताहरु को शिकार अबस्य बन्नेछन। एसमा दुई मत छैन। छिमेकी को प्रिय पात्र बन्न बिभिन्न शैलिमा नयाँ लेन्डुपहरु जताततै निमुखा जनताहरु को अगाडि राष्ट्र का पहरेदार हामी हौ भन्दै खोक्रा आश्वासन बाड्न ब्यस्त छन। तर नेपाली जनताहरु को न राम्रो बास को ब्यबस्थान आधा पेट खान नै पाएकाछन,यो साह्रै दु:खपूर्ण कुरा हो। आज हाम्रो देश दिन प्रती दिन उन्नती त कता हो कता अबोगतीतिर गैरहेछ। कस्तो बिढम्बना?आफुलाई बुद्दीजिबी र विद्वान ठान्नेहारु को होटबाजी चलिरहेछ। सोझा साझा जनताहरु रमित हेरिरहेछन,बिचराहरु के गर्न र के बोल्न नै सक्छन र,बोल्यो कि पोल्यो। हाम्रा महान नेताहरु पद को प्रलोभननमा चुर्लुम्मै डुबेकाछन् जो पनि र जे पनि डुब्ने बरमुडा ट्य्रङल भित्रझै। घमन्डी र पाखन्डिहरुआफ्ना स्वार्थ का निमित्त जे गर्न पनि तयारछन। सच्चरित्र अनुशासन र नैतीकता दुर्लब बन्दै गयोभने सधैं को लागि देश र जनताहरु पतन को खाडीमा जाकिने कुरा हाम्रा महान नेताजीहरु लाई थहा हुन जरुरी छ। राष्ट को हित र जनता जनर्दन को माया उत्तराधिकारीहरुमा हुन अनिबार्यछ। जन प्रतिनीधीहरुले अहन्कार को भाषालाई त्यागी जनताहरु प्रती सत्य र तथ्यलाई उजागर गर्दै देशबासिहरु प्रती चिन्तनशैलिमापरिवर्तन ल्याउन जरुरी छ। धर्म सस्क्रिती सम्प्रदाए र भाषा सम्बन्धी जनचेतना जगाउने खाल को योजनाहरु जनमानसमा ल्याइ सहमती द्वाराकार्यन्वएन गरी अगाडि बड्न सके प्रजातन्त्र को आवास आउने थियो कि?होइन भने समय अतिनै कस्टकर नहोला भन्न सकिन्न। ठुलो होस्वा स्यानो,धनी होस् वा गरीब,प्राये हामी सबै को सोचाइहरु सपनाहरु उस्तै उस्तै हुन्छन। काएर बनी जनताहरु को समस्या बाट भाग्न खोज्नु दमकल आँफै बल्नु जस्तै हो।


हाल: ब्रुस्सेल्स

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.