मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Saturday 25 October 2008

शब्दका थुङाहरु

कबिता (शब्दका थुङाहरु) देवकोटा प्रती समर्पित बिमल गिरी

अतित बगेर बिगत बनेर
बर्तमानमा ईतिहास बनी
करोडौ ढुकढुकिको माझमा
शब्दशब्दमा छताछुल्ल
पोखिएकाछौ,
जिन्दगीका अप्ठ्याराहरु सँग
पौठीजोरी खेल्दै
पिडामा जल्दै
नेपालीहरुको मनमा
शब्दका रङगहरु बिम्ब र अलन्कारमा मुछी
भाषा प्रती मोह जगाइ
निरास मन र बिबसताका काडाहरुलाई बगाइ
मानब मनका डिलहरुमा
सौन्दर्यको प्रतिबिम्ब छर्यौ,
तिम्रो शुमधुर बाणिहरु
मुना मदन,शुलोचना,र सकुन्तल जस्ता
प्रख्यात कृतिहरुले
साझ बिहान ब्युझाइरहेछन।
एक पेट खानको लागि र आङ ढाक्न
कल्पनाको पोका र संघर्षको
कुम्लो बोकी,बहुप्रतिभाका धनी
कैले दरवार हाईस्कुल
कैले त्रि-चन्द्र कलेज र पटना
धाउदै, बियोगान्त भोग्दै चोट चपाउदै
जलन पिउदै,अघी बढ्यौ।
तिमीलाई कोलाहल र शहरको
भिडभाडले कैले छोएन
भौतिक आकर्षणले कैले लोभ्याएन
आस्थाको देउरालीहरुमा
पहाडको उजाड उजाड बस्तिहरुमा
आगन र चोकहरुमा
शब्दका थुङाहरु बिम्बका धागाहरुमा
गुथ्न सिकायौ,
तिम्रो यो महानता प्रति
शरदको थोपा सँगै म परदेशि
परदेशको पहाडबाट
तिम्रो
सम्मान गर्दै पुन शुभ साइतको
प्रतिक्षामा अल्झिरहेछु।।।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.