के भुल गरे हिजोआज निरुत्तर हुन्छौ किन
आङ्गसिरिङ्ग हुन्छ भन्दै घरिघरि रुन्छौ किन
फिक्का हासो भारी मन घुडा माथि च्युडो राखी
परेलीलाइ भिजाएर निर्बोध आँखा धुन्छौ किन ???
Monday, 9 January 2012
~मुक्तक~
आउन कान्छा फलैचामा बसौ कुम जोडी
माया भङ्ग गरि मेरो नजाउ बाचा तोडी
खाउला खोले लाउला भोटो बसौ स्वदेशमा
नजाउ बिदेश बिन्ती मेरो यहाँ एक्लै छोडी ।।।
माया भङ्ग गरि मेरो नजाउ बाचा तोडी
खाउला खोले लाउला भोटो बसौ स्वदेशमा
नजाउ बिदेश बिन्ती मेरो यहाँ एक्लै छोडी ।।।
~मुक्तक~
ब्यर्थै बिन्ती बिसाएछु छोडि जानेलाई
जिन्दगीको दोबाटोमा मोडी जानेलाई
कल्पनाका थुङ्गाहरु बगिगए छालसङ्गै
के विश्वास गरौ खै बाचा तोडी जानेलाई
जिन्दगीको दोबाटोमा मोडी जानेलाई
कल्पनाका थुङ्गाहरु बगिगए छालसङ्गै
के विश्वास गरौ खै बाचा तोडी जानेलाई
~मुक्तक~
नत साझ नत बिहान झिस्मिसे मै बित्यो जीबन
जवानीले छोड्दै जादा भक्कानिदै रुन्छ यो मन
नफर्कने ती दिनहरु जिन्दगीका पाटा भए
गोधुलिमा अस्ताइ जाने घाम जस्तै हाम्रो जीबन ।
जवानीले छोड्दै जादा भक्कानिदै रुन्छ यो मन
नफर्कने ती दिनहरु जिन्दगीका पाटा भए
गोधुलिमा अस्ताइ जाने घाम जस्तै हाम्रो जीबन ।
~मुक्तक~
सिन्दुरे सरल रेखा कोरिदिउला हुन्न सानु
मुग्दभावमा ध्वनिहरु छरिदिउला हुन्न सानु
बाफिएर तरल भई बर्षन्छुम तिम्रै काखमा
नाङ्गो रहेछ सिउदो तिम्रो भरीदिउला हुन्न सानु
मुग्दभावमा ध्वनिहरु छरिदिउला हुन्न सानु
बाफिएर तरल भई बर्षन्छुम तिम्रै काखमा
नाङ्गो रहेछ सिउदो तिम्रो भरीदिउला हुन्न सानु
~मुक्तक~
जीबनका सपनाहरु बिपनिमा उन्दै गन्थे
शरिरको यो आधा हिस्सा तिम्रै हो म भन्थे
प्राप्ती देखि टाढाछु बग्ने सबै बगिसके
लुट्यो सबै बाकिछैन पराइले भन्दै रुन्थे ।।
शरिरको यो आधा हिस्सा तिम्रै हो म भन्थे
प्राप्ती देखि टाढाछु बग्ने सबै बगिसके
लुट्यो सबै बाकिछैन पराइले भन्दै रुन्थे ।।
Thursday, 22 December 2011
मुक्तक
बसन्तको कोइली झै झुक्याएर आउथ्यौ सरु
हृदयको कन्दरामा बास माग्न धाउथ्यौ सरु
यात्रा मेरो नटुङ्गिदै छछल्किए सागरमा
नबिर्सने पलहरु सम्झी तिम्रै काखमा मरु ।।
हृदयको कन्दरामा बास माग्न धाउथ्यौ सरु
यात्रा मेरो नटुङ्गिदै छछल्किए सागरमा
नबिर्सने पलहरु सम्झी तिम्रै काखमा मरु ।।
मुक्तक
भङ्गालो छुटेर गयौ तिमी
अङ्गालो लुटेर गयौ तिमी
बहना बनाएर कति बाचौ म
लाज नमानी उठेर गयौ तिमी ।।
अङ्गालो लुटेर गयौ तिमी
बहना बनाएर कति बाचौ म
लाज नमानी उठेर गयौ तिमी ।।
मुक्तक
बसन्तको न्याउली जस्तै बोलिदेउन खुली
खुला निलो आकाश जस्तै तिमी मेरी जाइजुली
सुत्ता उठ्ता सपनिमा सधैं देख्छु तिमीलाई
सुर्दरताकी उर्बर भुमि काही जान्न भुली ।।।
खुला निलो आकाश जस्तै तिमी मेरी जाइजुली
सुत्ता उठ्ता सपनिमा सधैं देख्छु तिमीलाई
सुर्दरताकी उर्बर भुमि काही जान्न भुली ।।।
मुक्तक
नबिर्सने ती दिनहरु कैले आउँला फेरी
छछल्किन्छन आसु त्यसै तिम्रै बाटो हेरी
कस्तो भाग्य रहेछ हाम्रो तिमी वारी म पारी
तारिदेउ न माझिदाइ कहाछीन उनी मेरी ।।
छछल्किन्छन आसु त्यसै तिम्रै बाटो हेरी
कस्तो भाग्य रहेछ हाम्रो तिमी वारी म पारी
तारिदेउ न माझिदाइ कहाछीन उनी मेरी ।।
मुक्तक
पेटभरि खानुछैन होटल डिस्को धाउनु पर्छ
शिरपाउ छोप्ने टालोछैन बिदेशी गीत गाउँनु पर्छ
ठुटोमा पलाएको च्याउ जस्तो हेर्दा तिमी
पाच् मोहोर दाम छैन धक्कु खुबै लाउनु पर्छ ।।
शिरपाउ छोप्ने टालोछैन बिदेशी गीत गाउँनु पर्छ
ठुटोमा पलाएको च्याउ जस्तो हेर्दा तिमी
पाच् मोहोर दाम छैन धक्कु खुबै लाउनु पर्छ ।।
मुक्तक
गरीबका छातीमा कुल्चेर माथि जानेहरु
नि:सङ्कोच मजदुरको पसिना खानेहरु
नतमस्तक भएर कती मनाउछौ उत्सब
भ्रम र रित्तो बकबास बाड्दै सती जानेहरु ।।
नि:सङ्कोच मजदुरको पसिना खानेहरु
नतमस्तक भएर कती मनाउछौ उत्सब
भ्रम र रित्तो बकबास बाड्दै सती जानेहरु ।।
मुक्तक
सहरको कोलाहलमा भो नराख मलाई
उत्तेजनाको रङ्ग घोल्दै भो नचाख मलाई
साझ र सहर देखि म अघाइ सकेकी छु
बेअर्थ काखमा टासेर भो नराख मलाई ।।
उत्तेजनाको रङ्ग घोल्दै भो नचाख मलाई
साझ र सहर देखि म अघाइ सकेकी छु
बेअर्थ काखमा टासेर भो नराख मलाई ।।
Wednesday, 21 December 2011
मुक्तक
बिनासित्ती किन मलाई चलाएर गयौ
बिबस भै बाचि 'रा'छु जलाएर गयौ
डढेलोको भस्मे झै उराठ छु उदास छु
मलाई रित्याएर तिमी भने पलाएर गयौ ।
बिबस भै बाचि 'रा'छु जलाएर गयौ
डढेलोको भस्मे झै उराठ छु उदास छु
मलाई रित्याएर तिमी भने पलाएर गयौ ।
Subscribe to:
Posts (Atom)




