मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।
Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

Wednesday, 13 July 2011

कैले सम्म

आन्दोलित छ आकाश
असारको महिना
बर्सिन लागे जस्तो
सबै हतारमाछन
मानो खाएर मुरी उब्जाउने दिन
तर किन किन
छरपष्ट छ मन
असरल्ल हुन्छु
हुरी आउँला जस्तो छ
अन्धकार छ चारैतिर
अभाब र गरिबी सङ्गै
हलुङ्गे थालमा
उसिनाको भात
प्याज सङ्ग भोक चपाउदै
जीबन बाचिरहेछन
र पनि खुशीछन
झुपडिहरुमा
अनिकाल छ,महङ्गाइ छ
अहङ्कार छ,बिक्रिती छ
कैले मुक्ती आउँला
दखियाको आगनमा
खोइ गरिबको क्षितिज
खोइ आकाश ?
कहाँ छ आस्थाको धर्ती ?
भत्किदो छ विश्वाश
बलवान हातहरुबाट
रङ्गहरुमा घोलिन्छन गरिबी
अनुहार बिक्रित हुन्छ
मन त्यसै त्यसै बिक्षिप्त हुन्छ
दु:खै दु:खमा
बितेका जीबन देखेर
म भने उमेरको उकालो उक्लिरहेछु
सोचेका र भोगेका
स्‍मृतिहर्लाई सम्झेर ।

उषा गिरी

Sunday, 27 February 2011

कबिता (मनहरुलाई)


सुनसान रातमा
गाउको चौतारीको
रहरलाग्दा झ्याङ्गिएर बेरिएको
सितलताले
च्यातिएको मनहरुलाई
सितलता नदिदोरहेछ
बादलका पछ्ह्यौरी भित्र
कोमल हासो
पवित्र स्नेह सम्झन्छु
गाउघर पाखा पखेरा
सबैतिर हेर्छु
भ्रम हो कि भनेर
अनि बेर्न मन लाग्छ
एक अन्जुली यादका पलहरु
टुक्राटुक्री छल्किने यादहरु
समयको आचलभित्र
अङ्कमाल गर्न मन् लाग्छ
हरपल यि आँखाहरु
उराठिला काल्लाहरुमा
कन्दराहरुमा
हावाको झोकाहरुसङ्गै
सुकसुकाउदै
नतमस्तक हुन्छु
भोगाइहरुमा बासना उम्लिन्छ
जिन्दगीलाई मनमनै
रुपान्तरित गर्न खोज्छु
बोझ लाग्छ आँफैलाई
चुपचाप सहिदिन्छु
पिडा भुल्ने बहनामा
रात गहिरिदै जान्छ
फुल्नु र झर्नुको बाध्यतामा ।
उषा गिरी
बेल्जियम ,ब्रस्सेल्स
u-giri@hotmail.com

Sunday, 30 January 2011

निरर्थक

जिन्दगीका
बिर्सिनसक्नु
अप्रिय प्रसङ्गहरु
नियास्रोले भौतारि रहन्छन
कताकता तुलानात्मकरुपले भन्नुपर्दा
काडालेझै कोत्रिन्छन,रगताम्मे हुन्छन मनहरु
खुशिले भक्कानिदै पिरमा हास्नमन लाग्छ
प्रेरक र निरर्थक भएर
चलिरहेछ जिन्दगी
घुम्ति र मोडहरुमा,
घामको झुल्कासङ्गै ब्युझन्छु
जुर्मुराउछु
पिडा कोट्याउछु जलनका
बेदनामा जबाफ हुँदैन रहेछ
भोग्नुछ सहनुछ
बिघ्न बाँन्किहरु निरन्तर
मनपरी र मनभरि
खितखिताउछु प्रलाप
बेमौसमी जीवनको उमङ्ग
जहिले पनि
भावमा रङ्गभर्दै दुखिरहन्छ,
अब्यबस्थित दुख्ने गराहरु
सुक्खा बगर सरह
निरन्तरता अगालेर
मलाई ध्वस्त गराउछ
चिताग्नी बनेर
गुनासो नै के छ र ??

Saturday, 29 January 2011

बिचलित मन

जीबनको उत्साह सङ्गै
तिमीले छरेको पराग
उमङ्गका ब्याडरुपी गमलामा
काडे क्याक्टस
पल-पल दुख्ने र
क्षण क्षणमा बिझाउने
सिमारेखा भएकोछ
जिन्दगी अस्ताउने क्षितिज पारि
घाइते बिचलित मन च्यापेर
बस्तिका अध्यारा रातहरुमा
पिडा ओकल्दै
प्रणयका भावभङ्गिमा
तिब्र प्यासको अनुभुती गर्ने
तिम्रो भित्री तलतले बानी
अर्थहिन सोचाइ
अबिरल चाहनामा
खुम्चेर तिमी
पोख्त भएकाछौ
निषेध मार्गमा
चित्रात्मक घटनाको
अभिनय गर्दै
नाभिको बासना
प्राप्त गरिरहेछौ
ससक्त आक्रमक बनेर !

Thursday, 20 January 2011

कबिता (पदार्पण)

इच्छामा गिद्धहुने अन्धाहरु
काकाकुलको देशमा
बराबरताको खेती गरिरहेछन
सुर बेसुरमा
बैरागमा उन्मादमा
अनुराग अलापिरहेछन
बेढङ्गमा कुर्लिरहेछन
रिसराग र पूर्बाग्रह मनभरि पालि
अन्धो प्रलोभनमा
लुछिरहेछन अङ्ग अङ्गमा
भयभित पारीरहेछन निमुखाहरुलाई
सम्झन्छु अनी निस्तेज बन्छु
त्रासको बास छ जताततै
जे गरेपनि हुन्छ
शब्दहिन हुन्छु
बेअर्थ चिच्याएरपो के हुन्छ?
को भन्न सक्छ
अबके हुन्छ?
अचेतन अनुभुति भएकाहरुलाई
स्वर्गबोध भईरहेछ
आधिपत्य जमाउ
पदार्पण गर
देख्नेहरुले अपसोस गर्नेछन
मेची देखी कालिसम्म
पट्यारलाग्दो यो निरासता कैलेसम्म ।

Saturday, 18 December 2010

अबोध मन


आज कताकता
तिम्रो अबोध हृदय
रात बिरात
स्नेहले
चुम्न मन लाग्छ
किन? तिमी आफ्नै घमन्डमा
बाफिन्छौ ?
ओठ खोलेर मुस्कुराउन प्रिय !!
मैले तिमीसङ्ग
सुष्क नयनको
पिरो,पोल्ने
आशु मागेको होइन
अद्रिश्य पिल्पिलाउदो
चट्टानको ओसिलो
बिम्ब मागेको होइन
हृदय खोलेर
भावमग्न
मुस्कुराउन प्रिय !!!
दरिद्रिक आशु पिउदै
म त एकान्तमा रुने
बिरही न्याउली
न हास्न सक्छु
न रुन
प्रणयको डोरिले
बाधेहुन्छ निर्धक्क
किन ? रापिन्छौ
रहरमा रङ्ग भर्दै
मुस्कुराउन प्रिय !!!i


Thursday, 11 November 2010

सनाखत


अतित भन्नु मात्र हो
समय त बगिरहेछ
निरन्तर
अनौठो अनुभुति
बर्तमानको थालनीमा आएर
बगेको नदी फर्कदैन
समयले पर्खदैन
एक धर्सो गल्तिहरुमा
बिगतका काला भित्ताहरुमा
सनाखत हुन्छ
बलौटे यात्रा
पछ्यौरी ओडेर ।
निर्दयी नबन
तिम्रो उत्पिणन बुझ्छु म
जहाँ तिमीले
तिम्रा सबै अनुभुतिहरु
सम्पूर्ण आभास
अर्पण गरिरहेछौ
हार्दिक बनेर
इतिहास रचिरहेछौ
प्रलय तस्तै आधी बनेर ।
अन्तरद्वन्द कठाङ्री रहेछन
खुम्ची रहेछन
अनी
फैली रहेछन
मुटु निचोर्ने हातहहरु
निर्धक्क
सुक्का दिक्दारी पातहरु
झ्याङ्गिरहेछन
हुत्याइदिन मनलाग्छ
लहरालाई जरैबाट।
आयु नाप्ने
मापडण्ड भए
नापी सक्थ्यौहोला
मन्त्रहरुले मुक्तिदिन सक्तैनौ
शान्तिकामी हातहरुले
समयानुकुल
कालो रातमा
आतंक उदाउन सक्छ
बिसङ्गतिको
शोक गीत सहित
समबेदना तिमीलाई।

Sunday, 24 October 2010

गुनासो


(गुनासो) कबिता

समय एकनास नहुदो रहेछ
अन्तर बिरोधहरुको भिडमा
आज कताकता
स्वाभिमानमा
अचानक
बिना बर्षा
बिना सुनामी
पैरो गए जस्तो
लागिरहेछ
लगामबिनाको
कलमहरुको भिडमा
अक्षर कुद्नेहरुको
बगालमा ।

घोकेको बौधिकता
छ।ट्नेहरुको लाममा
उभिन बेक्कार रहेछ
द्रबित हुन्छु
पचाइ दिन्छु
निरर्थक
को सङ्ग गर्नु छ र?
गुनासो
अनर्थको ।

म एक्लो
स्वाभिमानी
दुखेका मनका
समिस्रणमा
तरङ्गित हुँदै
आशु स्विकारे
अस्विक्रित बने
फिस्स हासि दिए
निसन्देह
समयले
सङ्ख फुकिरहेछ।

Tuesday, 12 October 2010

आमा


कबिता (आमा) उषा गिरी



जीवन सङ्ग जुझ्दै
हारहरुलाई स्विकार्दै
द्रिढ अठोट मनभरि पाल्दै
बिचलित नभैकन
चुला चौकामा
ढिकि जातोमा
बिबसतामा रमाइरहेकी
प्रफुल्ल मेरी आमा
तिमीले आफ्नो
पिडाको क्षणलाई
हासी हासी
हामीलाई हसाउदै
अस्मिताको जोखिमहरुलाई भुली
रज्वस्स्वलाको कष्टप्रद
गर्बधारणाको पट्यारलाग्दो
समयको ख्याल नगरि
निरुत्तर जन्म दियौ
को खा को खा भन्दै
नानी खा भन्दै
उदास छाप्रोमा
एकादेशको कथा सुनाउदै
खान सिकायौ
मन भरि आशुको
सलेदो सल्काउदै
पसिना रुदै
तिम्रा मलीला हातहरुले
काख भरि भरि खेलायौ
ओठभरि सुम्सुमायौ
मुस्कान छर्दै हास्न सिकायौ
तर टाढाछु आमा !
बिरक्त बन्दी जस्तो
बादलको छेउबाट चिहाइ रहेछु
मनका छिटाहरुबाट
आमाको खातिर
हाङ्गा बिनाको
हिउदको रुखझै
एकान्की चिन्तन
पालिरहेछु।।




उषा गिरी
चारपाने झापा
हाल: ब्रसेल्स,बेल्जियम
u-giri@hotmail.com

Sunday, 12 September 2010

बैसालु मनहरुमा

तीजका कबिता (बैसालु मनहरुमा)

छातीभित्रको असैह्य पिडालाई
हासो र खुशीमा बदल्दै
बितेका बर्षहरु झै
बैसालु मनहरुमा
सुमधुर मुस्कान छर्दै
के तराई के पहाड
के स्वदेश के बिदेश
रातो साडी र हरियो पोतेमा
उल्लास,आनन्द र रोमान्चक
अनुभुती साट्न
भावयुक्त सुन्दर र गहन
गीतहरु सङ्गै
आएकाछौ तीज
तिमीलाई स्वागतछ
झुप्रा र महलहरुमा।

भत्केको अतित
द्वन्दको मारले पिल्सिएको हामी
अनिष्चित भबिष्य बोकेर
डायस्पोरिक भएकाछौ
शरणार्थिक,निर्बासित वा बिस्थापित
जे भने पनि हुन्छ भन
तीजको रमाइलो आयो बरिलै
नगर है पुरुष हेला छोरी चेलीलाई ।।

जिन्दगीका बाटाहरुमा
समयको रेखाहरु सङ्गै
उज्यालोको रङ्ग खोज्दै
घायल मनहरु
बिभिन्न रङ्गहरु
हजारौ प्रश्न र पिडाहरु
मनभरी उन्दै
भौतारिएका हामी
जे भने पनि हुन्छ भन
दु:ख भुली नाचौ नचाउ हासौ बरिलै
हस्तछेप नगर है छोरी चेलीलाई ।।।

हृदयका थुम्काहरुमा
धुकधुकिका तरङ्गहरुमा
बैसालु खित्काहरु सँगै
सुस्केरा गुन्जाउदै
जीबनका थप उर्जाहरु भर्दै
हिउद,बर्षा,झरी र बादल नभनि
रुप र यौबनले धपक्क बलेका
अबोध मनहरुलाई
जे भने पनि हुन्छ
दम्भको उन्मादलाई फालौ बरिलै
हेला होचा नगर है छोरी चेलीलाई ।।।।
जय तीज।

उषा गिरी
चारपाने झापा
हाल:ब्रसेल्स, बेल्जियम
u-giri@hotmail.com

Tuesday, 24 August 2010

बादल फाट्न सक्छ

कविता (बादल फाट्न सक्छ) - उषा गिरी


समयको खाली सिउदोमा
रङ्ग भर्ने कोशीस नगर
सिमारेखा लामोछ
अन्धकार सङ्गै
बादल फाट्न सक्छ
डाढा पाखा हिजोजस्तो छैन
पूर्णबिराम र
प्रश्नबाचकहरु सँगै
जीबन धमिलिन सक्छ
पानीको फोकासरी
प्याट्ट फुट्न सक्छ
जीबनको सपना
पुरा नहुन सक्छ
अलौकिक मनमस्तिमा
गतिशिल् बेगमा
सर्बशक्तिवान हुन ब्यर्थछ
स्वार्थपूर्ण मित्रता
लामो हुन सक्तैन
जिन्दगीका जोड र घटाऊहरुमा।


हाल: चारपाने झापा,
अगष्ट ११,२०१०

Sunday, 6 June 2010

निरिह जनता

लत्रेको पलेलाहरु पुछ्तै
आतङ्कको बिभिषाकाले
क्षतबिक्षत भएका
गह्रौ हृदय
बिहानीको भुकभुके उज्यालो सङ्गै
पिडा र दु:खलाई भुलिरहेछ
बिचरा जनता।
बेदनाले रुझेको आँखाहरुबाट
आशुको अमिलो
दुर्गन्ध फाल्दै
मौन शब्दहरु ओकल्छ
भएग्रस्त निरिहताको
भावहरुमा,भोगाइहरुमा
गरीब जनता।
दुखिरहने अभाबका शब्दहरु
साहुबाट सापटी लिदै
प्रलापका अनुरागहरु
थकाई र सुस्केरामा
उमङ्गका तान,जलन र बेदना
बुनिरहेछन
निरिह जनता।।

समय

समय

मेरो अबोध मन
आज कता कता रुमल्लिरहेछ
गाउघर,बनपाखा, कन्दरा र डाढाकाढा
समतल र नागीहरुमा।
आँखाले सम्झिरहेछ बिगतलाई
डाढापाखा उकालीओराली र
चौतारीहरुमा, भञ्ज्याङहरुमा
सुसेल्दै र रमाउदै
हिंडेका क्षणहरु,
जाने त गैहाल्छ समय जस्तै
जाने भन्दा बस्नेलाई असह्य हुदोरहेछ
मुटुमा एक तमासको दु:ख अनी पिडा हुदोरहेछ
आज समय दुखिरहेछ
तिमी गयौ
सबै गयो
म्रिदुल ओठहरुले बिहानी अरुणोदयसङ्गै
शुष्क गलाबाट निस्केको करुण क्रन्दनले
कता कता द्रबित बनाइरहेछ।
आज
अङ्गप्रत्यङ्गहरुको समय नापतौल गरिरहेछ
आशु रित्तिएर सुक्का भएका आँखा
अबरुद्ध गलासङै समय
भागीरहेछ।

Sunday, 30 November 2008

निरिह आँखाहरु

निरिह आँखाहरु -बिमल गिरी
सुन्य सुन्य यि निरिह आँखाहरु
करुणाका मुर्ती
यो बुढेसकालको
आत्मा सुन्य
चक्र बिच
असन्ख्य रमिताहरुको बिच
दु:खको बत्ती
निभ्न लागिरहेछ
भावाभाब रहित
किर्तीस्तम्भहरु
सङ्ला र सुन्यतामा
घुमि रहेकाछन।
रङी बिरङ्गी
आँखाहरु
सुन्यतालाई चिर्दै
सभ्य र सत्य मृत्‍युलाई
अद्रिस्य पटमा
सफा र सेता हिउसङै
ओर्लिन आतुरछन
सुनसान औशी
र बुढाउली चेहरा।
चुलिएकाछन अजङग
हिमालझै नाकका डाडिहरु
आमाको पहिचान
टाउकामा सजिएकाछन
करोडौको बिपना
र आदर्शको ऐना
सदाचारको ब्रतमा।।।

Saturday, 15 November 2008

चेतना

कबिता (चेतना) -उषा गिरी

पानी झै पोखिने जीबनलाई
सुस्केरा को भाषामा
तिमी खोज्न चाहन्छौ भने
आफ्नै अनुहार
ऐना मा साटे प्रसस्त भेटिन्छन्
बिगत का ति किरमिरे रेखाहरु
किटान मात्र गरे पुग्छ
अतित नियाल्नलाई
पलङ्मा क्षेणभर सुस्ताय मात्र पुग्छ
तिम्रो अश्वास्थ सोचलाई
म हुँ भन्ने चेतना भया,

घर देश चारपाने झापा
हाल ब्रुस्सेल्स

Friday, 31 October 2008

बटुवा

कबिता (बटुवा) बिमल गिरी
उफ--कति लामा र
अनन्त घुम्तिहरु
अन्जुलिमा विश्वाशका खडेरी उघ्घाउदै
बर्तमानको भ्रुणलाई
आँखामा भ्रम पार्दै
कहाली लाग्दा
अक्कर र खोचहरी पारगर्दै
सुनगाभा फक्राउने
जीबनको सपना बुन्दै
छहरा र पहरामा
मुस्कान छर्न
बिहान खोजिरहेछ
बिचरा बटुवा

धाक्रे र तोक्मासगै
कैले दियालेको ओरालो
कैले सागुरिको उकालो
कैले पिलुवा र अरुणका
बगरहरुमा सुन्यतालाई रिक्ततालाई
ढाक्रेभरी बोकी
उराठलाग्दा बिभत्स बर्तमान
बोकिरहेछ
बिचरा बटुवा।

नाङिएकाछन खुट्टाहरु तुसारोले
चोइटिएकाछन कुर्कुचाहरु
प्रतेक सडक र गल्लिहरुमा
स्नेहका पोल्टाबाट
गौथलिले पठाएकी सातु
अरुणको पानीसग
गुन्द्रुक भिजाएर गरीबीसग पिउदै
उकुसमुकुस चपाइरहेछ
बिचरा बटुवा।

Saturday, 25 October 2008

शब्दका थुङाहरु

कबिता (शब्दका थुङाहरु) देवकोटा प्रती समर्पित बिमल गिरी

अतित बगेर बिगत बनेर
बर्तमानमा ईतिहास बनी
करोडौ ढुकढुकिको माझमा
शब्दशब्दमा छताछुल्ल
पोखिएकाछौ,
जिन्दगीका अप्ठ्याराहरु सँग
पौठीजोरी खेल्दै
पिडामा जल्दै
नेपालीहरुको मनमा
शब्दका रङगहरु बिम्ब र अलन्कारमा मुछी
भाषा प्रती मोह जगाइ
निरास मन र बिबसताका काडाहरुलाई बगाइ
मानब मनका डिलहरुमा
सौन्दर्यको प्रतिबिम्ब छर्यौ,
तिम्रो शुमधुर बाणिहरु
मुना मदन,शुलोचना,र सकुन्तल जस्ता
प्रख्यात कृतिहरुले
साझ बिहान ब्युझाइरहेछन।
एक पेट खानको लागि र आङ ढाक्न
कल्पनाको पोका र संघर्षको
कुम्लो बोकी,बहुप्रतिभाका धनी
कैले दरवार हाईस्कुल
कैले त्रि-चन्द्र कलेज र पटना
धाउदै, बियोगान्त भोग्दै चोट चपाउदै
जलन पिउदै,अघी बढ्यौ।
तिमीलाई कोलाहल र शहरको
भिडभाडले कैले छोएन
भौतिक आकर्षणले कैले लोभ्याएन
आस्थाको देउरालीहरुमा
पहाडको उजाड उजाड बस्तिहरुमा
आगन र चोकहरुमा
शब्दका थुङाहरु बिम्बका धागाहरुमा
गुथ्न सिकायौ,
तिम्रो यो महानता प्रति
शरदको थोपा सँगै म परदेशि
परदेशको पहाडबाट
तिम्रो
सम्मान गर्दै पुन शुभ साइतको
प्रतिक्षामा अल्झिरहेछु।।।

Thursday, 23 October 2008

तीज

कबिता (तीज) उषा गिरी
बर्षभरी का थकाईहरुलाई पर सारी
आसुँ र सुस्केराहरु लाई बढार्दै
बिगत का बर्षहरु झै
यो बर्ष पनि दिर्घ विश्वाश का साथ्
निलो आकाश लिएर,हामी तमाम दिदी बैनीहरु को
दैलो र आगनहरुमा सौगात बोकेर शुभत्व को सन्केत दिदै
हर्ष र उल्लास का साथ रातो साडी र हरियो पोते सँग मितेरी लगाउदै
आएकी छौ तीज।
बिहान को सुर्य को किरण सगै
नयाँ पालुवा र नयाँ घाम सगै
खुशी लिएर हाम्रो झुपडीहरुमा,
हिमाल पहाड र तराइहरुमा,नया सोच र बिचार लि
देश को नयाँ अनुहार फेर्दै आँखामा गुरास फुलाउदै
हातमा सएपत्री र मखमली,मन भरी सुनगाभा फक्राउदै
आएकी छौ तीज।
मनहरु को बिच को दुरिलाई,भोगाइहरु लाई
आरोह अबरोहहरु लाई सरल सँग सामना गर्न
पवन को संगितमय धुन सगै
हर प्रहर बिउझेर खुशी को सुधार को सन्केतहरु,गोरेटाहरु
स्पन्दनशिल र सुकोमल शैलिमा
हाम्रा आमाहरु र हाम्रा जननीहरु माझ
तिमी कोसेली बनी आँखा भरी गाजल,गाला भरी लाली
हात भरी रङीबिरङी चुरा लगाइ
बर्तमान् आएकि छौ तीज।
तिम्रो आगमनलाई तुलसी पत्र शाहीत
सर्बे सन्ती सुखिन
सर्बे सन्ती निरामया।।।।
चारपाने झापा
हाल बेल्जियम

Thursday, 16 October 2008

जीन्दगी

जीन्दगी (कबिता) -उशा गिरी

दुइटा पहाड को बिचमा
च्यापिएको र चेप्टिएको सागुरो क्षेत्रफल भरी
अबोधदता को आचलमा बेरिएको जीन्दगी
आधी र हुरिहरु को बिच मन को पहाडलाई
सागुरो बस्तिमा आउने जाडो छल्न
आँखाहरुलाई आधारात पछी पखेटा फट्फटाउदै
विश्वाशहरुमा भावनाहरु को खेती फ्स्टाइरहेछु
आजकाल यस्तै
यस्तै फस्टाइरहेछु समय बगिरहेछ
निरन्तर र लगातार आफ्नै रफ्तारमा,

चारपाने झापा

आमा

आमा (कबिता) - उषा गिरी

आमा आज म त्यसै त्यसै तडपी रहेछु
खुम्ची रहेछु करुणा र बिसाद पिडाहरुमा
दु:ख को भयानक महासागरहरुमा
कहाली लागिरहेछ असह्य पिडा का पुकारहरु देखेर।
आमा,आज म भाबुक बनी तिम्रो न्यानो छातीमा
टोलाई रहेछु सन्कल्प आधी र बतास बनी उडिरहेछन
चिसो सिरेटो बनेर।
आमा,घाउ ब्यथा बनेर भुतलमा उदास बगरहरुमा
नैरस्य को तक्मा बाडिरहेछन बिबेकहिन बुज्रुकहरु।
आमा आज म नारी हुनुको पिडा
भोगिरहेछु,जीबित अनुभब गरिरहेछु
सान्त्वना का स्तब्ध दुई शब्द रोइरहेछु।
आमा आज म प्राक्रिती को पोखरिमा
तिम्रो छिया छिया स्वरुप देख्ता मेरा इन्द्रिएहरु
त्रिसुलझै तिखारिन्छन,बिबेक सुन्य हुन्छु,
आमा तिम्रै समीपमा समर्पण
सुनगाबा सहित दुई शब्द।
घर देश---चारपाने झापा
परदेश ---बेल्जियम

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.