मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

मुक्तक




के भुल गरे हिजोआज निरुत्तर हुन्छौ  किन
आङ्गसिरिङ्ग हुन्छ भन्दै घरिघरि रुन्छौ किन
फिक्का हासो भारी मन घुडा माथि च्युडो राखी
परेलीलाइ भिजाएर निर्बोध आँखा धुन्छौ किन ???  



आउन कान्छा फलैचामा बसौ कुम जोडी
माया भङ्ग गरि मेरो नजाउ बाचा तोडी
खाउला खोले लाउला भोटो बसौ स्वदेशमा
नजाउ बिदेश बिन्ती मेरो यहाँ एक्लै छोडी ।।।



आउ बरु काटौ रातलाई
सुरासङ्गै साटौ रातलाई
मनका सारा दु:ख भुली
डोरी झै  बाटौ रातलाई ।।    



ब्यर्थै बिन्ती बिसाएछु छोडि जानेलाई
जिन्दगीको दोबाटोमा मोडी जानेलाई
कल्पनाका थुङ्गाहरु बगिगए छालसङ्गै
के विश्वास गरौ खै बाचा तोडी जानेलाई 



नत साझ नत बिहान झिस्मिसे मै बित्यो जीबन
जवानीले छोड्दै जादा भक्कानिदै रुन्छ यो मन
नफर्कने ती दिनहरु जिन्दगीका पाटा भए
गोधुलिमा अस्ताइ जाने घाम जस्तै हाम्रो जीबन ।



सिन्दुरे सरल रेखा कोरिदिउला हुन्न सानु
मुग्दभावमा ध्वनिहरु छरिदिउला हुन्न सानु
बाफिएर तरल भई बर्षन्छुम तिम्रै काखमा
नाङ्गो रहेछ सिउदो तिम्रो भरीदिउला हुन्न सानु



जीबनका सपनाहरु बिपनिमा उन्दै गन्थे
शरिरको यो आधा हिस्सा तिम्रै हो म भन्थे
प्राप्ती देखि टाढाछु बग्ने सबै बगिसके
लुट्यो सबै बाकिछैन पराइले भन्दै रुन्थे ।।



बसन्तको कोइली झै झुक्याएर आउथ्यौ सरु 
हृदयको कन्दरामा बास माग्न धाउथ्यौ सरु 
यात्रा मेरो नटुङ्गिदै छछल्किए सागरमा 
नबिर्सने पलहरु सम्झी तिम्रै काखमा मरु ।।



भङ्गालो छुटेर गयौ तिमी 
अङ्गालो लुटेर गयौ तिमी 
बहना बनाएर कति बाचौ  
लाज नमानी उठेर गयौ तिमी ।।



बसन्तको न्याउली जस्तै बोलिदेउन खुली 
खुला निलो आकाश जस्तै तिमी मेरी जाइजुली 
सुत्ता उठ्ता सपनिमा सधैं देख्छु तिमीलाई 
सुर्दरताकी उर्बर भुमि काही जान्न भुली ।।।



नबिर्सने ती दिनहरु कैले आउँला फेरी 
छछल्किन्छन आसु त्यसै तिम्रै बाटो हेरी 
कस्तो भाग्य रहेछ हाम्रो तिमी वारी पारी 
तारिदेउ माझिदाइ कहाछीन उनी मेरी ।।



पेटभरि खानुछैन होटल डिस्को धाउनु पर्छ 
शिरपाउ छोप्ने टालोछैन बिदेशी गीत गाउँनु पर्छ 
ठुटोमा पलाएको च्याउ जस्तो हेर्दा तिमी 
पाच् मोहोर दाम छैन धक्कु खुबै लाउनु पर्छ ।।




गरीबका छातीमा कुल्चेर माथि जानेहरु 
नि:सङ्कोच मजदुरको पसिना खानेहरु
नतमस्तक भएर कती मनाउछौ उत्सब 
भ्रम रित्तो बकबास बाड्दै सती जानेहरु



सहरको कोलाहलमा भो नराख मलाई
उत्तेजनाको रङ्ग घोल्दै भो नचाख मलाई
साझ र सहर देखि म अघाइ सकेकी छु
बेअर्थ काखमा टासेर भो नराख मलाई ।।



बिनासित्ती किन मलाई चलाएर गयौ
बिबस भै बाचि 'रा'छु जलाएर गयौ
डढेलोको भस्मे झै उराठ छु उदास छु
मलाई रित्याएर तिमी भने पलाएर गयौ ।



गति रोकिन केहीबेर थियो
छटपटि पोखिन केहीबेर थियो
निरर्थक जिन्दगी निस्सार रहेछ
दुनियाँ भुल्न केहीबेर थियो ।।।



बादहरुको साँढेजुधाइ तोडौ आजै हजुर
लेउ लागेको परम्परा फोडौ आजै हजुर
अन्यौल त्रास फैली'रा'छ मेचीकाली चारै तिर
बैभवको मादकतालाई गोडौ आजै हजुर ।।।



एकैछिनको कुरा न हो झकाइ मेट्न देउ
नगर है जिद्धी तिमी थकाई मेट्न देउ।
पसिनाले निथ्रुक्क छु ढुकढुकी बढी'रा'छ
गम्लङ्गै अङ्गालेर प्रेमभाव भेट्न देउ ।।



आसुपिई बाचेकीछु कती सहौ चोटहरु
रुदारुदा उजाड भए परेलिका ओठहरु
कोमल यो हृदयलाई जोख्यौ बिसौलिमा
साईनो गास्यौ सुम्पेमैले के थिए खोटहरु ।।



बटारिएको चुल्ठो तिम्रो कम्मर देखि तल सम्म
शरीर भरि भिड भाडछन जताततै लटरम्म
सौन्दर्यको भण्डार तिमी लट्ठैपार्यौ अल्लरे मन
यौबनका छालहरु छल्की 'रा'छन पर सम्म ।।।



अस्विकार छ भेल भनि भङ्गालो फुटेर गयौ
भएभरका सर्बाङ्ग बेमौसममा लुटेर गयौ
लुटाइमा पनि चरमसिमा हुन्छ भन्थे म त
तर प्रबल चाहना तोडी मलाई कुटेर गयौ ।।



रित्तोपनलाई स्विकारे हुन त के हो र
मनैले सके सबै छुन त के हो र
महासुन्य भित्र बाचिरहेछु फगत म
भकानिए भित्रैबाट रुन त के हो र ।।



घामको किरण सङ्गालेर तिमीलाई सेकिरहु
सुनगाभाका पातहरुमा तिम्रै नाम लेखिरहु
घरतीकी रानी तिमी कोशौ टाढा भएपनि
पहेलपुर फाटहरुमा तिमीलाइनै देखिरहु ।।



दुइथोपा आशु मेरो फगत तिमीलाई 
नसा नसा बगिरहने रगत तिमीलाई
रहरलाग्दी तिमी मेरी सुनगावा जस्तै
नि:सन्देह आएहुन्छ स्वागत तिमीलाई ।



नयाँयुगको चर निर्माण गर्ने होइन युबा हो 
देशको लागि केही गरि मर्ने होइन युबा हो 
जो जहाँ भए पनि ओठमा मुस्कान फुलाएर 
हामी जुटी एक हुनु पर्ने होइन युबा हो ?



कुन सम्योगमा तिमीलाई छुन पुगे 
निरर्थक आबेगको शिकार हुन पुगे
प्रेमको उद्वेग के हो बुझिनौ तिमीले 
आलो घाऊ चहर्याउदैन भन्दै रुन पुगे ।



जीबनका सपनाहरु बिपनिमा उन्दै गन्थे 
शरिरको यो आधा हिस्सा तिम्रै हो म भन्थे 
प्राप्ती देखि टाढाछु बग्ने सबै बगिसके 
लुट्यो सबै बाकिछैन पराइले भन्दै रुन्थे ।।



सारा तिम्रा मनका ईच्छाहरु पुरा गरेर गयौ 
रहस्य खोल्दै दुनियाँ सङ्ग कुरा गरेर गयौ 
रित्ता भागहरुमा केही नयापन नै छैन अब 
त्यसैले त अभिनय गर्दै काम पुरा गरेर गयौ ।।


कनकाइ झै अटल थिए छागा बनायौ 
रास डोरिले नाकी लगाइ रागा बनायौ
समयको जुइना सङ्गै बैश फुलाउ भन्थे 
फुल्ने रुखको मुना  भाची हागा बनायौ । 


शिर देखि पाउसम्म तिम्रै बर्णन गरौ म
लट्ठै पर्दै मदहोसमा तिम्रै शरण परौ म
नदीजस्तै बगिरहु जिन्दगीका पाटा भरि
प्रणयमा बाधिएर मनमै बसाईं सरौं म ?

तिमी सङ्ग यो ढुकढुकी साट्न पाए हुन्थ्यो
रहर लाग्दा बैसालु रात काट्न पाए हुन्थ्यो
नयनमा डुबेर सपनिमा भेट्नु भन्दा
बिपनी मै मनको डोरी बाट्न पाए हुन्थ्यो ।।

जुन जस्तै मुहार हेर्दै बसन्तको डिलमा बसि 
सजाइ दिउला कालोचुल्ठो फुर्केधागो गाठो कसि 
खालिछन सिउदो माथि इन्द्रेनिछन नजरमा 
भन के म उपहारदिउ पारीलो त्यो मनमा पसि !  

बेहोसिमै ओतिए म पछुतोनै के छ र
लतपतिदै जोतिए म पछुतोनै के छ र
चोरि सक्यौ मन सबै दरिद्र रइछौ तिमी
सुन्दरतामा पोतिए म पछुतोनै के छ र ।।

आँखा भरि छछल्किदै ब्यर्थै किन बाचा तोड्यौ 
बलेसिमा टेक्ने बेला ब्यथै किन बाटो मोड्यौ
दु:ख सुख हारजित तरल मनमा हुन्छ भन्दै
मन फाट्ता टालेकै थिए दोबाटोमा किन छोड्यौ ।।

तिमी भन्दा प्यारो मेरो कोहिछैन भन्थ्यौ
पछ्यौरीले आँखा पुछ्तै जाने दिन गन्थ्यौ
दु:ख सुख यस्तै रै'छ टुक्राटुक्रा मुटुपार्दै
झझल्कोलाई अन्जुलिमा उघाएर पठाउ भन्थ्यौ ।

सागरको गहिराइमा हिरा नखोज,जहाँ ढुङ्गा भेटिन्छ भने
प्रेम अभिसाप हो,घ्रिणा हो,केवल उद्गार मेटिन्छ भने
आसु र हासोको द्वन्दमा रुमलिएको यो जिन्दगी
तिरस्कार गर्यौ,स्विकारीदिए,रोजे हुन्छ अन्तै भेटिन्छ भने।।

उदाएको अनुहारमा अस्ताएको साथ किन
निस्पट्टैछौ अधेरीझै बिर्सिएको बात किन
उपबास बसे कैऔ रातहरु तिम्रै लागी तर
मनै साटिएपछी क्षणभरको हात किन।

अंग अंग तिम्रै भन्दै चिप्लै तेल घस्यौ मलाई
हेर्दा तिमी नाग जस्ती गोमनले झैँ डस्यो मलाई
जसै जसै बाँचेकै थेँ कोलाहल यी भिडहरुमा
आश्वासनको जाल फिँजाइ (तिखो छुरी धस्यौ मलाई

बेदनाको भुमरिमा आँफै दुख्छु घरि घरि
उदास रात किन आउछ जिन्दगीको वोरिपरि
दुख्न बाँकी छैन अब सपनिहरुको भिडमा
मन रुन्छ त्यसै किन बिहानको शित सरि ।

रोइरने परेलिलाई आशुले नि'छोड्छ किन
डस्यौ ओठमा एक्लै पारि ऐले बचन तोड्छौ किन
सिङ्गो जीबन भत्काएर आघातमा डुबाइ गयौ
चुपचाप रङ्ग फेर्दै कुइनेटोमा मोड्यौ किन ।।

अन्तरकुन्तर छाम्यौ सबै ठोसठास सबै पार्यौ
लम्पसार फाटहरुमा मादकताको आशु झार्यौ
पराजय भोग्दैछु म बिध्वम्सको खातहरुमा
रस चुसी छोक्रा फ्यकि दुर्गतिको आहालमा झार्यौ ।।।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.