मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

हाइकु




आँफै दुखेर
ढाकर र डोकामा
कोक्याउदैछु ।।

भत्ता पचाउ
घाउहरु बिर्सेंर
गद्दारहरु ।

हुत्कारिएको 
सस्क्रिती सम्पदाको 
तिन सहर 

बस्तिको गह 
दुर्गन्ध पचाएर 
उर्लिरहेछ 

बिरही रात 
आशु खसालि रुन्छ 
क्षितिज पारि 

अङ्गहरुको 
नियन्त्रण गर है 
नौजवान हो 

कोपिलाहरु 
शिरिषको फेदमा 
मुस्कुराउछ 

सेताम्मे हिउ 
मनै बहलाउने 
युरोप भरि 

किसानहरु 
हेमन्त ऋतु सङ्गै 
खलागरामा 

जनता मार्यौ 
डायस्पोरिक पार्यौ 
खोचमा झार्यौ 

देश बचाउ 
जनता रुवाउदै 
भत्ता पचाउ 


Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.