रित्तो मनको भोक
सुर्यको तातो किरणले
नमेट्दो रहेछ
म तिम्रो
फाटेका वालेटको
तस्बिरमा
कति मुस्कुराउ प्रिय !
तिमी भने
मौका बेमौका
बेफिक्री
नशामा झुलिदै
दिनलाई रातको रङ्गमा
साटिरहन्छौ अरे
युरोपका महङ्गा र उत्ताउला
गल्लिहरुमा
मेरा सारा रित्तोपन
र समय
तिमीलाई समर्पित
बस ।।