मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Tuesday 12 July 2011

रुझेको आवाज

पुरुष प्रधान समाजमा

अपमानित र उपेक्षित भएर

बसना तृप्‍तिको लागि

कैले सम्म पुरुष दमन र हैकम सहन्छौ ?

अन्याय बिरुद्ध

बिद्रोह अगाल्ने

खुसीमा रुपान्तरण हुने बेला

भएन अब त ?

बिचारको आकाशमा

बेदनाले रुझेको आवाज

सडेका बिचारहरुको बिरुद्ध

मन्त्रमुग्ध भएर

समयको गतिशीलता सङ्गै

बिद्रोहको राको

ओकल्ने बेला भएन अब त ?

अबिबेकी साबित गर्दै

ईच्छामा अन्धा हुनेहरु

कुन्ठित मानसिकता चपाउदै

आँखा चिम्लेर

साझको रमझममा

निर्धक्क

मुस्कान साट्न आउनेहरुलाई

मर्यादित भएर

बिचलित नभै

बिषादका रेखाहरु

मेट्ने बेला भएन अब त ?

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.