मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Wednesday 13 July 2011

कैले सम्म

आन्दोलित छ आकाश
असारको महिना
बर्सिन लागे जस्तो
सबै हतारमाछन
मानो खाएर मुरी उब्जाउने दिन
तर किन किन
छरपष्ट छ मन
असरल्ल हुन्छु
हुरी आउँला जस्तो छ
अन्धकार छ चारैतिर
अभाब र गरिबी सङ्गै
हलुङ्गे थालमा
उसिनाको भात
प्याज सङ्ग भोक चपाउदै
जीबन बाचिरहेछन
र पनि खुशीछन
झुपडिहरुमा
अनिकाल छ,महङ्गाइ छ
अहङ्कार छ,बिक्रिती छ
कैले मुक्ती आउँला
दखियाको आगनमा
खोइ गरिबको क्षितिज
खोइ आकाश ?
कहाँ छ आस्थाको धर्ती ?
भत्किदो छ विश्वाश
बलवान हातहरुबाट
रङ्गहरुमा घोलिन्छन गरिबी
अनुहार बिक्रित हुन्छ
मन त्यसै त्यसै बिक्षिप्त हुन्छ
दु:खै दु:खमा
बितेका जीबन देखेर
म भने उमेरको उकालो उक्लिरहेछु
सोचेका र भोगेका
स्‍मृतिहर्लाई सम्झेर ।

उषा गिरी

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.