मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 10 July 2011

तलाउ भए

बाँकी छैन अब केही तिम्रो लागि सुन्य छु म
जति सक्छौ घनले हान बगरको ढुङ्गो हुँ म

ऐया भन्नै पाइन मैले भित्र दुख्यो कतकता
तलाउ भए आँखाहरु कति सहे मनको ब्यथा
तिम्रो सपना साकार भो हावा झै सुन्य छु म
जति सक्छौ घनले हान बगरको ढुङ्गो हुँ म

मन फाटेर टुक्रा भयो भत्किनलाई ठाउँ छैन
यात्रा सबै पुरा भयो पिर लुकाउने गाउ छैन
हान मलाई बाण अझै तिम्रो लागि सुन्य छु म
जति सक्छौ घनले हान बगरको ढुङ्गो हुँ म

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.