मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Friday 17 June 2011

कबिता (अन्तर मनको अनुभुति)

पराग
जीबनको डुङ्गामा
तिम्रो प्रेमको चुम्बन
सौन्दर्यको कोमल स्पर्स
अङ्कित हुँदा
खुशीले गदगद हुँदै
सम्बेगात्मक अनुभुतिलाई
अर्पण गर्दै मनको कुइनेटोबाट
घाम छर्न मन लाग्छ
रङ्ग बदल्न मन लाग्छ
सुहाइदिन मन लाग्छ
फुलको थुङ्गा भएर
पराग !
कैचिमार गुन्यु
चौबन्दी चोलो
काचका चुरा
ढुङ्री बुलाकिले सजिएकी
रहर र उमङ्गले भरिएकी
निधारमा रातो टिका
पसिनाले लतपत भिजेकी
पोक्ची गाला
पहाडकी परी
मेरी पराग !
आँखा कोल्ट्याएर
तिमीलाई हेर्नेहरुको बिच
जिन्दगीको भुगोल नाप्नेहरुको माझ
अक्करिलो भिर उक्लन
सजिलो कहाँ छ र ?
ब्वासाहरुको बगालमा
पराग !
भताभुङ्ग भएर
भत्किरहने मन सङ्गै
तिमीले भोगिरहेकी
अधबैसे दैनिकी
थिल्थिलिएर बिबसतामा
ढल्नुहुदैन
कसैसित रात साटेर के भयो र ?
परस्रीगमन गर्नेहरुको भिडमा
कुठाराघात गर्नेहरुको बगालमा
रङ्गिन चस्माले
सजिब चित्रलाई हेर्दा
खल्लो अनुभुतिहुनेहरुको माझमा
साइनी जोड्न अनर्थ
हुदोरहेछ
पराग
मनको क्यानभासमा
अनुभुतिहरुमा ।।।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.