मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Wednesday 15 June 2011

समिक्षात्मक टिप्पणी




सम्झनाका तरेलीहरुमा तरङ्गिदा

- दिव्य गिरी


शब्दद्वारा परिभाषित गर्नुपर्दा गीत भनेको मानव मनको अन्तरआत्मादेखि प्रष्फुटन हुने कोमल भावना हो अर्थात मनको सुन्दर सशक्त र शक्तिशाली अभिव्यक्ति हो । नेपाली बृहत् शाब्दकोषले गीतलाई यसरी परिभाषा गरेको छ - गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्य-रचना गाना गान ने।रा।प्र।प्र। नेपाली बृहत् शब्दकोष २०४० पृ।३४० । यस परिभाषाले पनि गीतका दुई महत्वपूर्ण विशेषताहरु - लयात्मक र सुललितलाई औंल्याएको छ । सङ्गीतवद्ध गरेर गीतलाई गाउँदा जुन स्वर दिइन्छ त्यो लयात्मक हुनु पर्दछ र गीत सुन्दा सबैले बु´्नसक्ने सरल अर्थात सुललित हुनुपर्दछ । त्यसरी गाइएको गीतले मानिसको मनमा आनन्द दिनुको साथसाथै उसको हृदयलाई समेत ´ङ्कृत पार्दछ । गीतले मानिसको मनमा गहिरो प्रभाव पर्ने हुनाले नै गीतलाई भावनाको सुन्दरतम् अभिव्यक्ति भनिएको हो । किनकि गीतले मानिसको भित्री भावना बोलेको हुन्छ । उसको मनको कोमल भाव गीत बनेर उसकै ओठबाट निस्किएको हुन्छ । गीतका शब्द-शब्दमा रहेको मार्मिक अर्थभावले गीतलाई बढी सार्थक तुल्याउँछ । गीतको शब्दलाई स्वर र सङ्गीतले प्राण संचार गरिदिएपछि मात्र गीत हृदयष्पसर्ी बन्छ र गीत सुन्नेलाई आनन्द प्रदान गर्दछ । जुन गीत सुन्दा मानिसको मनमा आनन्द आउँदै र उसको दुःख-सुखमा साथ दिँदैन भने त्यस्तो गीतको कुनै अर्थ रहँदैन । सङ्गीत र लय अर्थात मीठो स्वरले गीतलाई जिवन्तता प्रदान गर्दछ । भनाइको अर्थ गीतको शब्द सङ्गीत र स्वर तिनवटै कुराको संयोजन विशिष्ट हुनु अनिवार्य छ । किनकि गीतको शब्दलाई गायकको स्वरले र सङ्गीतको मीठो धुनले गीत सुमधुर सुललित र सुस्वादको बनाउँछ । त्यसरी सिर्जित गीत जति सुने पनि मन तृप्त हुँदैन र सधैंसधेै सुनिरहुँ लाग्छ । त्यस्ता गीतहरु नै लोकपि्रय हुनुको साथसाथै कालजयी पनि हुन्छन् ।

माथि भनिएका कुराहरु सबै गीतमा भेटिन्छन् भन्ने छैन र सबै गीतहरुले मानिसलाई उत्तिकै सन्तुष्टि दिन्छ भन्ने पनि होइन । तर पनि गीत भनेपछि त्यसले मानिसको मनलाई स्पर्श गर्न सक्नुपर्छ र उसको हृदयलाई ´ङ्कृत पार्नुपर्छ । अनि मात्र त्यो गीतको महत्व हुन्छ । गीत सस्वर गाउँदा त्यति प्रभावकारी र मीठासिलो हुँदैन जति त्यसलाई सङ्गीतवद्ध गरे गाउँदा हुन्छ । त्यसैले गीतमा सङ्गीतको ठूलो भूमिका हुन्छ । त्यसो त मीठो स्वर अर्थात लय नपाईकन गीत गीत बन्दैन । त्यसैले गायकको स्वर सङ्गीतकारको सङ्गीत र गीतकारको सुन्दर शब्द रचना को उत्तिकै महत्व र विशेषता रहेको हुन्छ गीतमा ।

हाम्रो देश जहाँ भाषा संस्कृति र परम्परामा अनेक विविधता छ । त्यसैले स्थान भाषा मानिस संस्कृति र परम्पराको आधारमा गीतमा पनि त्यतिकै विविधता पाइन्छ । लोकगीतमा पाइने अनेक प्रकारका गीति रचनाहरु नै यसका ज्वलन्त उदाहरणहरु हुन् । हामी नेपालीहरुको यौटा परम्परा के छ भने हामी कुनै पनि सांस्कृतिक पर्व चाड वा अवसरहरुमा गीत गाउने भजन गाउने नाच्ने आदि कार्यहरु गर्दछौं । यी गीत भजन र नाच स्थान विशेष अनुसार फरकफरक प्रकारको हुने भएकोले तिनका बेग्लाबेग्लै विशेषता र महत्व छन् । हामी जीवनका दुःख-सुखलाई गीत मार्फत व्यक्त गर्छौं । चाहे त्यो वन जङ्गलमा घाँसपात लिन जाँदा होस् चाहे त्यो गोठाला जाँदा होस् कि खेतीपाती गर्न जाँदा होस हामी नेपालीहरु गीत गाउँछौं । आफ्नो मनका भावनाहरुलाई कहिले एक्लै त कहिले साथीभाईसँग र समूहमा पनि गाउँछौ । अनि गीतका शब्दबाट नै आफ्ना मनका पीर-व्यथाहरुलाई व्यक्त गर्दछौं । हाम्रो देशमा लोकगीतको प्रारम्भ यसै गरी भएको हो । त्यसैले लोकगीत हाम्रो जीवनसँगै गाँसिएको छ टाँसिएको छ र जीवन्त बनेको छ ।

नेपाली लोकगीतको यो परम्पराले नेपालीको पहिचानलाई अरु प्रष्ट पारेको छ । तर आजकल कोठामा बसेर लोकगीत रच्ने र त्यसैलाई लोकगीत हो भन्ने प्रचलन बढेको पाइन्छ । लोकगीतमा पनि विदेशी शब्दहरु प्रयोग गरेर त्यसको मौलिकतामा आँच पुराउने कार्य भइरहेको छ । सस्तो लोकपि्रयताको लागि लोकगीतको वास्तविक मर्म र त्यसको महत्वमाथि खेलबाड गर्ने परिपाटी बढेको पाइन्छ । हिजोआज जे गरे पनि हुने भन्ने प्रचलनले भाषा संस्कृति परम्परा र मान्यतामाथि नै सबैतिरबाट आक्रमण भइरहेको छ चाहे त्यो राजनीतिक सामाजिक र गीत-सङ्गीतको क्षेत्र नै किन नहोस् । आफ्नो देशको भाषा संस्कृति परम्परा आदिको मौलिक अस्तित्वलाई जोगाई राख्नु त्यसको संरक्षण गनुृ्र र त्यसको उन्नति-प्रगतितर्फ दत्तचित्त भएर लाग्नु सबैको कर्तव्य हो । त्यसतर्फ ध्यान दिनु पर्छ सम्बन्धित निकायले । तर त्यसो भइरहेको छैन । जसले जे गरे पनि छुट छ अहिले । भविष्यमा गएर त्यसले देश र समाजमा के कस्तो नकारात्मक प्रभाव पार्छ त्यतातिर कसैको पनि ध्यान गएको पाइन्न ।

आधुनिक गीत लोकगीतभन्दा नितान्त पृथक प्रकृतिको हुन्छ । लोकगीतले लोकजीवन र लोक संस्कृतिलाई उजागर गरेको हुन्छ भने आधुनिक गीतले मानव जीवनका अनेक पक्षलाई छोएको हुन्छ । नेपालबाट जहानिया राणा शासनको अन्त्य भएपछि र रेडियो नेपालको स्थापना भएपछि मात्र नेपालमा आधुनिक गीतले प्रवेश गरेको इतिहास छ । सुरुका दिनहरुमा आधुनिक गीतको रिकर्ड गर्न पनि भारतको कलकत्ता हालको कोलकाता जानु पर्ने वाध्यता थियो भने अहिले गीत रिकर्डिङ्गका आधुनिक सुविधाहरु स्वदेशमा नै उपलव्ध भएका छन् ।

नेपाली साहित्यिको फाँटमा आधुनिक गीतको छुट्टै र स्वतन्त्र अस्तित्व छ । धेरै कवि गीतकारहरु आधुनिक गीत लेखनमा सकि्रय छन् भने गायनको क्षेत्रमा पनि पुरानादेखि नयाँ पुस्ताका यवा गायकहरुले गाएका गीतहरु लोकपि्रय भएका छन् । हुन त लोकगीत र आधुनिक गीतको बीचमा यौटा पश्चिमा शैलीको पप गीत पनि नेपालमा धेरै पहिलेदेखि गाईंदै आएको छ र यसलाई नेपालमा भित्रुउने पहिलो गायक हुन् ओम विक्रम विष्ट । पछि धेरैधेरै युवा गायकहरु पप गायकको रुपमा स्थापित भए र अध्यावधी त्यही क्षेत्रमा कि्रयाशील पनि छन् ।

नेपाली साहित्यमा कथा कविता उपन्यास गीत आदि विधामा कलम चलाउने असङ्ख्य साहित्यकारहरु छन् । तर गीत लेखेर चर्चित अर्थात सफल हुने थोरै मात्र गीतकार छन् । पुराना गीतकारका गीत र नयाँ गीतकारका गीतमा आकाश जमिनको अन्तर पाइन्छ । गीतको शब्द चयन भाव र प्रस्तुतीमा धेरै भिन्नता छन् । हालका वर्षहरुमा नेपाली युवाहरु पठन-पाठनको लागि र रोजगारको लागि विदेशिने क्रम निकै बढेको पाइन्छ । तिनै विदेशमा प्रवाशी जीवन विताइरहेका धेरै युवाहरुले कविता कथा उपन्यास र गीत लेखेर विदेशमा बस्नुपर्दाका आफ्ना पीडालाई व्यक्त गरेका छन् ।

स्वदेशको माया र सम्´नालाई आत्मसात् गर्दै साहित्य सिर्जना गर्नेहरुको सूचिमा आपुनो पनि नाम दर्ता गराएका छन् पूर्वी नेपालको भोजपुरमा जन्मिएका विमल गिरी जो अहिले बेल्जिएमको ब्रसेल्समा बस्दै आएका छन् । यिनै गिरी आपुनो पहिलो साहित्यिक कृति सम्झनाका तरेलीहरु गीतिसङ्ग्रह लिएर नेपाली साहित्याकाशमा झुल्किएका छन् र आफुलाई गीतकारको रुपमा उभ्याएका छन् । यस लेखमा उनै विमल गिरीद्वारा रचिएका गीतहरुको वारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

अमेरिकाको वाशिङ्गटन डी।सी।मा रहेको अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले २०६६ सालमा प्रकाशित गरेको विमल गिरीको गीतिसङ्ग्रह सम्झनाका तरेलीहरुमा आधासय अर्थात पचासवटा आधुनिक गीतहरु समावेश गरिएको छ । यी गीतहरु मध्य केही गीतमा सङ्गीतकार विपिन आचार्यको सङ्गीतमा रामकृष्ण ढकाल नरेन्द्र प्यासी जगदीस समाल र पुष्पा पौडेलले स्वर प्रदान गरेका छन् । यस सङ्ग्रहमा रहेका गीतहरुलाई पढ्दा मनन गर्दा र त्यसका विशेषताहरुलाई केलाउँदा धेरैजसो गीतमा प्रवाशी भएर बाँच्नुपर्दाको पीडा र आफन्तसँगको वियोगभाव पाइन्छ भने कतिपय गीतहरुमा देशप्रतिको माया भक्तिभाव र पि्रयसीप्रतिको आशक्ति पाइन्छ । गीतमा प्रयोग गरिएका सरल विम्बहरुले गीतलाई यथार्थपरक तुल्याएको छ । जीवनको दुःख-सुखका क्षणहरुलाई जस्ताको जस्तै टिपेर गीतमा समावेश गरी भित्रिमनका भावनाहरुलाई कुशलतापूर्वक प्रस्तुत गरिएको छ ।

यो सत्य हो कि अहिलेको अवस्थामा नेपाली लाखौं युवाहरु विदेशमा रोजगारको निम्ति गएका छन् र तिनले पराइभूमिमा अनेक दुःख-कष्ट पाएका छन् । यहाँसम्म कि हजारौं युवाहरुले विभिन्न कारणवश विदेशीभूमिमा नै मृत्युवरण गनुृ्र परेको छ । त्यस्तो त्रासदीपूर्ण अवस्थामा प्रबासी भएर बाँच्नु पर्दाका अवस्था र डरलाग्दा क्षणहरुमा आपुनो देश घर-परिवार साथीभाई इष्टभित्र आदिलाई सम्´ेर जो कोही पनि आहत हुन्छ जसको मन पनि पीडाले छटपटिन्छ । मानिसको मन स्वभावैले भावुक हुन्छ । त्यसैले जीवन भोगाईको क्रममा घटेका अनेक घटना दुर्घटनाहरुले ल्याउने दुःख पीडा र विछोडको अनुभव र अनुभूतिले मन आत्र्रुान्त हुन्छ । विक्षिप्त हुन्छ । अनि तिनै दुःख पीडा र राम्रा नराम्रा घटनाहरुलाई यौटा सफल कवि वा गीतकारले आपुनो कविता वा गीत मार्फत व्यक्त गरेको हुन्छ । उसले त्यसरी व्यक्त गरेको सुकोमल भावले अरुको मनलाई पनि स्वतः प्रभाव पार्दछ । त्यसैले मनको भावलाई अरुको सामु अर्थात सबैको अगाडि प्रस्तुत गरिने सबैभन्दा लोकपि्रय विधा हो गीत ।

जब मानिस आपुना दुःख-सुखका क्षणहरुमा गीत गुन्गुनाउँछ त्यसले उसको मन हलुको हुन्छ । मनको पीर अलिकति घटछ र आफुलाई थोरै भए पनि पीडा मुक्त भएको महशुस गर्छ । त्यसैले पनि गीत सम्प्रेषणको दृष्टिकोणले काव्यका अन्य विधाहरुमा सबैभन्दा प्रभावकारि शसक्त सुकोमल सुललित र सर्वपि्रय मानिन्छ ।

गीत लेख्न गाह्रो छ । त्यतिकै लेिखंदैन गीत । अनि गीत गाउन पनि सजिलो छैन । गाईएको गीत सबैलाई मन पर्छ भन्ने पनि छैन । गीत लेख्न भावुक हृदय हुनुपर्छ । गीतको अर्थ भाव शब्द गीतले दिने सन्देश आदिलाई कुशलता पूर्वक संयोजन गर्न सक्नु पर्छ अनि मात्र गीत गीत बन्छ । अर्को महत्वपूर्ण कुरा गीत लेखेर मात्र पनि हुँदैन त्यसलाई सस्वर सङ्गीतवद्ध पनि गर्नु पर्छ । गीत लेख्नमा गीतकारले जति मेहनत गर्छ त्योभन्दा धेरै मेहनत गायक र सङ्गीतकारले गर्नु पर्छ । किनकि विना सङ्गीतको गीत यौटा गीतिकविता मात्र रहन्छ । पढेर मात्र गीतको वास्तविक मिठास पाइन्न । जब त्यसलाई सङ्गीतबद्ध गरेर सस्वर गाइन्छ तब मात्र त्यसले ७नतसोताको मनलाई स्पर्श गर्छ ।

हिजोआज गीत जथाभावी गाउने चलन पनि बढेको पाइन्छ । अहिले क्वाँक्वाँ रोएर र अट्टाहास हाँसेरै पनि गीत गाएका छन् । तर त्यस्ता गीतलाई गीत भन्नै सकिन्न । किनकि पहिलो त ती गीतमा हृदयलाई ´ङृत पार्ने शक्ति हुदैन अनि दोस्रो हो त्यस्ता गीतले ७नतसोताहरुको मनमा आनन्द र मनोराजन दिन सक्दैन । अर्को महत्वपूर्ण कुरा हो त्यस प्रकार गाइएको गीतले ७नतसोताको मनलाई स्पर्श गर्न र उनीहरुको भावनाको प्रतिनिधित्व पनि गर्दैनन् । त्यसै कारण ति रहरले प्रयोगको निम्ति मात्र गाइएका गीत हुन् । त्यस्तो गाइजात्रे प्रयोग धेरै दिन टिक्दैन र त्यस्ले स्थायीत्व पनि पाउन सक्दैन । ठूलोठूलो स्वरमा चिच्च्याएर र ठूलोठूलो आवाजमा सङ्गीत साधन बजाएर मात्र गीत हुने होइन । त्यस्ता गीत सुनेपछि मानिसहरु आनन्दमा रमाउनुको साटो दिक्क मानेर कान थुन्न पुग्छन् । त्यसै भएर होला गत वर्ष सन् २०१० को भारतमा भएको कुनै यौटा गीति कार्यक्रममा आधुनिक पप गायिकाले चिच्च्याई चिच्च्याई माचनै र्थकाउने गीत गाउँदा भारतकी सदावहार विशिष्ट गायिका लता मङ्गेसकरले आँखा चिम्लेर र कान थुनेर बसेको दृष्य भारतीय टेलिभिजनमा प्रसारण गरेको देखिएको थियो । तीनै लता मङ्गेसकर हुन जसले भारतीय स्वतन्त्रता दिवसमा गीत गाउँदा तत्कालीन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुको आँखामा आँशु आएको थियो । त्यस्तो शक्तिशाली हुनुपर्छ गीतको प्रभाव गीत गाउनसक्ने क्षमता र गीतको अर्थ । यो कुरा किन उल्लेख गरेको भने गीतको सबैभन्दा महत्वपूर्ण विशेषता हॊ ७नतसोताको मन जित्न सक्ने क्षमता । अनि मात्र त्यो गीत गीत हुन्छ ।

प्रवाशमा मान्छे एक्लो हुन्छ । उसलाई दया माया गर्ने कोही हुँदैनन् । सबै कुरा देशमा नै छोडेर विदेशिएको मान्छेको मन सधैं देश र घर-परिवार सम्´ेर रोइरहन्छ । गीतकार विमल गिरी आफैमा पनि देश छोडेर प्रवासी हुनुपर्दाको पीडा ज्यादै गहिरो छ । एक्लोपनले उनलाई

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.