मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 6 June 2010

समय

समय

मेरो अबोध मन
आज कता कता रुमल्लिरहेछ
गाउघर,बनपाखा, कन्दरा र डाढाकाढा
समतल र नागीहरुमा।
आँखाले सम्झिरहेछ बिगतलाई
डाढापाखा उकालीओराली र
चौतारीहरुमा, भञ्ज्याङहरुमा
सुसेल्दै र रमाउदै
हिंडेका क्षणहरु,
जाने त गैहाल्छ समय जस्तै
जाने भन्दा बस्नेलाई असह्य हुदोरहेछ
मुटुमा एक तमासको दु:ख अनी पिडा हुदोरहेछ
आज समय दुखिरहेछ
तिमी गयौ
सबै गयो
म्रिदुल ओठहरुले बिहानी अरुणोदयसङ्गै
शुष्क गलाबाट निस्केको करुण क्रन्दनले
कता कता द्रबित बनाइरहेछ।
आज
अङ्गप्रत्यङ्गहरुको समय नापतौल गरिरहेछ
आशु रित्तिएर सुक्का भएका आँखा
अबरुद्ध गलासङै समय
भागीरहेछ।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.