मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 6 June 2010

निरिह जनता

लत्रेको पलेलाहरु पुछ्तै
आतङ्कको बिभिषाकाले
क्षतबिक्षत भएका
गह्रौ हृदय
बिहानीको भुकभुके उज्यालो सङ्गै
पिडा र दु:खलाई भुलिरहेछ
बिचरा जनता।
बेदनाले रुझेको आँखाहरुबाट
आशुको अमिलो
दुर्गन्ध फाल्दै
मौन शब्दहरु ओकल्छ
भएग्रस्त निरिहताको
भावहरुमा,भोगाइहरुमा
गरीब जनता।
दुखिरहने अभाबका शब्दहरु
साहुबाट सापटी लिदै
प्रलापका अनुरागहरु
थकाई र सुस्केरामा
उमङ्गका तान,जलन र बेदना
बुनिरहेछन
निरिह जनता।।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.