मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 3 January 2010

हरियाली फाटभन्दा

उषा गिरी (गीत)

हरियाली फाटभन्दा सुक्का डाढा मनपर्छ
फुलभन्दा धेरै मलाई काडा मनपर्छ

नारीलाई होच्याउने पाखन्डिको माझमा
अरुको भाब नबुझ्नेले सुस्ताउछन साझमा
पुर्णिमाको प्रकाश भन्दा साझ मनपर्छ
फुलभन्दा धेरै मलाई काडा मनपर्छ

ढिकि जातो साझबिहान ब्यस्त सधैं नारी
थकाई निन्द्रा थहा नै हुन्न जिउने कसो गरी
मुस्कुराउने यहाँ धेरै आसुझार्ने मनपर्छ
फुलभन्दा धेरै मलाई कडा मनपर्छ

चारपाने झापा
हाल:ब्रुस्सेल्स

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.