मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 25 October 2009

समर्पण

समर्पण बिमल गिरी


कैले कैले उनी सारा रङहरु
उनैलाई समर्पण गर्थिन
कैले कैले बालसुलभ औलाहरुले
चलाएको खेलाएको
आभास गर्थिन
कैले मिठो सम्झना मनभरी उन्थिन
खुशीको भावभङगीहरुमा,
उज्यालाका रेखाहरु
सपनिका रङगहरुसँग घोल्दै
समयका ॠतुहरुमा
जीबनरेखा कोर्दै
पिडाहरुको खातसँग
भाबुक बनेर अनी खुसीउनेर,
उनी भन्थिन मेरासारा अङ्गहरु
असरल्ल हुन्छन
काउकुती लाग्छ
द्रबित हुन्छु
न्याना र नरम
चुम्बनमा तरङ्गित हुन्छु,
तर आज उ उनिसङ्ग छैन
उनिसङ्ग उ छैन
उनी पानीझै तरङ्गित हुन्छिन
सिङ्गो युग ओईली रहेछ
चेतनाका लहरहरु
बगिरहेछन धारहरु मोडिरहेछ
आफ्नै रफ्तारमा,
तर आज उ उनिसङ्ग छैन
उनिसङ्ग उ छैन
मेरा रहरलाग्दा पिडाहरु
पराबर्तन भईरहेछन
बसन्ती पालुवाहरुमा,
तिमीले भनेका थियौ
समर्पण र अर्पण
प्रेमको आदर्शता भित्र हुन्छ
तर खै ति मिलनका
खाली अबसेषहरु।।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.