मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 3 January 2010

एउटालाई

उषा गिरी (गीत)

एउटालाई दु:खपर्दा मान्छे त्यसै हासि दिन्छन।
ब्यथा पोख्ने ठाउनै हुन्न भन्यो भने रिसाइ दिन्छन।

सिथिल हुन्छु त्यसै त्यसै नबुझेझै गर्छन् सबै ।
मनको बाध भत्काइ दिन्छन गोधुलि नहुँदै।
दुख्छ भित्र निचोरिन्छु मान्छे त्यसै हासि दिन्छन।
ब्यथा पोख्ने ठाउनै हुन्न भन्यो भने रिसाइ दिन्छन।

सरदमा फुल्ने फुल ओईली एकदिन झर्नैपर्छ।
मृत्‍यु हाम्रो तितोसत्य हो एक दिनत मर्नैपर्छ।
धरातल एउटै सम्झ्यो मान्छे त्यसै हासि दिन्छन।
ब्यथा पोख्ने ठाउनै हुन्न भन्यो भने रिसाइ दिन्छन्।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.