गीत (सुमधुर बाणिहरु) -बिमल गिरी
सौन्दर्यको घुम्टो खोली तिमीसगै रमाइरहु
सुमधुर बाणिहरु तिम्रै सुन्न पाइरहु
तिमी मेरी फुलको थुङगा मुहार जुनतारा
मुस्काइ रहु चन्द्रमाझै बिर्सिएर सारा
बिहानिको किरणले झै तिमीलाई हेरिरहु
सुमधुर बाणिहरु तिम्रै सुन्न पाइरहु
खुशीका ति उमंग लाइ भावनामा राखेकैछु
सुन्दर मुस्कान सम्झदै जीबनमा हासेकैछु
शरदझै फुल्ने माया छाती भरी बेरिरहु
सुमधुर बाणिहरु तिम्रै सुन्न पाइरहु
Friday, 28 August 2009
Saturday, 8 August 2009
बिकासको नदी
गीत (बिकासको नदी) बिमल गिरी
देशलाई स्वर्ग बनाइ हिमालझै पारौ शिर
बिकासको नदी बगाउ मेची काली चारै तिर
प्रक्रितीको स्रोत साधनलाई परिचालन गरौ
कर्तब्यलाई पालन गरी सोचराखी अघी बढौ
के?फल्दैन रोपे यहाँ उर्बर हाम्रो पाखा भिर
बिकासको नदी बगाउ मेची काली चारै तिर
प्रतिभालाई फुलाउ गाउमा समाजलाई सेवा
बाच्नुहुन्न सुन्य जीवन योगदान हुन्न पेवा
निर्माणमा जुटौ सबै राखौ सधैं उचसिर
बिकासको नदी बगाउ मेची काली चारै तिर
देशलाई स्वर्ग बनाइ हिमालझै पारौ शिर
बिकासको नदी बगाउ मेची काली चारै तिर
प्रक्रितीको स्रोत साधनलाई परिचालन गरौ
कर्तब्यलाई पालन गरी सोचराखी अघी बढौ
के?फल्दैन रोपे यहाँ उर्बर हाम्रो पाखा भिर
बिकासको नदी बगाउ मेची काली चारै तिर
प्रतिभालाई फुलाउ गाउमा समाजलाई सेवा
बाच्नुहुन्न सुन्य जीवन योगदान हुन्न पेवा
निर्माणमा जुटौ सबै राखौ सधैं उचसिर
बिकासको नदी बगाउ मेची काली चारै तिर
Labels:
गीतहरु
Subscribe to:
Posts (Atom)
Sample text
This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.




