गीत (अपमानको) बिमल गिरी
जिन्दगीमा निस्फल भ्इयो बिरक्तिन्छु पिरमा
बिझ्यो काडा मुटुभित्र उन्यौ मलाई झिरमा
तनाबलाई धितो राख्तै बिते दिन र बर्षहरु
अपमानको खाडलभित्र कैद भए हर्षहरु
निरासाको उदास बादल मडारिन्छ सधैं सिरमा
बिझ्यो काडा मुटुभित्र उन्यौ मलाई झिरमा
बग्नेभए पोखिदिन्थे मनका सबै ब्यथाहरु
भाबुकभै भुल्नखोज्छु बियोगका ति कथाहरु
बिलापमा बग्छन आशु छटपटिन्छु पिरमा
बिझ्यो काडा मुटुभित्र उन्यौ मलाई झिरमा
Sunday, 7 June 2009
Saturday, 6 June 2009
यो ढुकढुकी
गीत (यो ढुकढुकी )बिमल गिरी
यो ढुकढुकी रहेसम्म तिम्रै गाथा गाइरहु
बादलपारी रहेपनी नेपाल भन्न पाइरहु
प्राकृतिको प्रतिक तिमी मेची देखी कालिसम्म
हत्केलामा स्रम रोपी फलाउ फल लटरम्म
साझ बिहान आमाभन्दै तिम्रै गाथा गाइरहु
बादलपारी रहेपनी नेपाल भन्न पाइरहु
धुपी सल्ला लालिगुरास बनभरी चाप चिमल
पहाड मधेस काखमा तिम्रो सिरमा हिमाल
सुस्केरा र थकाईहरुमा तिम्रै गाथा गाइरहु
बादलपारी रहेपनी नेपाल भन्न पाइरहु
यो ढुकढुकी रहेसम्म तिम्रै गाथा गाइरहु
बादलपारी रहेपनी नेपाल भन्न पाइरहु
प्राकृतिको प्रतिक तिमी मेची देखी कालिसम्म
हत्केलामा स्रम रोपी फलाउ फल लटरम्म
साझ बिहान आमाभन्दै तिम्रै गाथा गाइरहु
बादलपारी रहेपनी नेपाल भन्न पाइरहु
धुपी सल्ला लालिगुरास बनभरी चाप चिमल
पहाड मधेस काखमा तिम्रो सिरमा हिमाल
सुस्केरा र थकाईहरुमा तिम्रै गाथा गाइरहु
बादलपारी रहेपनी नेपाल भन्न पाइरहु
Labels:
गीतहरु
Subscribe to:
Posts (Atom)
Sample text
This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.




