मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Saturday 6 June 2009

यो ढुकढुकी

गीत (यो ढुकढुकी )बिमल गिरी

यो ढुकढुकी रहेसम्म तिम्रै गाथा गाइरहु
बादलपारी रहेपनी नेपाल भन्न पाइरहु

प्राकृतिको प्रतिक तिमी मेची देखी कालिसम्म
हत्केलामा स्रम रोपी फलाउ फल लटरम्म
साझ बिहान आमाभन्दै तिम्रै गाथा गाइरहु
बादलपारी रहेपनी नेपाल भन्न पाइरहु

धुपी सल्ला लालिगुरास बनभरी चाप चिमल
पहाड मधेस काखमा तिम्रो सिरमा हिमाल
सुस्केरा र थकाईहरुमा तिम्रै गाथा गाइरहु
बादलपारी रहेपनी नेपाल भन्न पाइरहु

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.