मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 21 June 2009

अपमानको

गीत (अपमानको) बिमल गिरी

जिन्दगीमा निस्फल भ्इयो बिरक्तिन्छु पिरमा
बिझ्यो काडा मुटुभित्र उन्यौ मलाई झिरमा

तनाबलाई धितो राख्तै बिते दिन र बर्षहरु
अपमानको खाडलभित्र कैद भए हर्षहरु
निरासाको उदास बादल मडारिन्छ सधैं सिरमा
बिझ्यो काडा मुटुभित्र उन्यौ मलाई झिरमा

बग्नेभए पोखिदिन्थे मनका सबै ब्यथाहरु
भाबुकभै भुल्नखोज्छु बियोगका ति कथाहरु
बिलापमा बग्छन आशु छटपटिन्छु पिरमा
बिझ्यो काडा मुटुभित्र उन्यौ मलाई झिरमा

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.