मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Saturday 16 May 2009

तिम्रै मौनतामा

कबिता (तिम्रै मौनतामा) बिमल गिरी

म कसरी बिर्सौ
तिमीलाई
सुन्दरताले ब्यप्त
सुमधुर बतासका झोकाहरुमा,
तिम्रै मौनतामा
उत्साह नफुल्दै
अनिदा रात
फाटेका भित्ताहरुमा
उमङ्ग
भाताभुङ्ह्ग हुन्छ ,
मनमा
आबेस र आबेगको
खुल्दुलिहरु
मडारिन्छन
तिम्रै अभाबमा
भाबुक हुन्छु
बिरहै बिरहमा
छचल्किन्छन ब्यथा
छताछुल्ल पोखिन्छु
निरासहुँदै
बिबसहरुमा,
पहाड तराइ
सुकिसके
तिमी त भरिछौ
म ता पोखिसके
घना जङ्गल र
लेक व्यसि का
मुहानहरु सुकी सके
परदेशका
दु:खद कथाहरुलाई
कैले सम्म
मथी रहन्छौ
लेकमा
सेर्पेनी दिदिले
सेर्काम मथेझै,
कसरी बिर्स्यौ
तिम्रो न्यानो मनहरु
पारीलोपनहरु र
चुम्बनका राप
तिम्रा अनियन्त्रित
औलाहरुले
चलाएका खेलाएका
प्रतिबिम्ब र
मिलनका पलहरु।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.