गीत (बस तिमी स्वदेशमा)
आत्मा सजाउ स्वाभिमान को बगैचाले ओरि परी
बस तिमी स्वदेशमा गाला भरी मुस्कान छरी
भस्मेहरु उजाड छन रोइरन्छे एक्लै न्याउली
बाटो हेर्दै परदेशिलाई ब्याकुल भयौ हौली
मन भरिका उमंगलाइ साचीराख बैस भरी
बस तिमी स्वदेशमा गाला भरी मुस्कान छरी
बिर्सिएको छैन मैले चौबन्दी र फरियालाई
पिडाको चोट कस्तो हुन्छ के थाहा र शहरीयालाई
मेरो गीत हासो रोदन तिमी नै छौ ओरिपरी
बस तिमी स्वदेशमा गाला भरी मुस्कान छरी
Wednesday, 22 April 2009
Saturday, 18 April 2009
घमण्डको परिणाम
-बिमल गिरी
घमण्डको परिणाम जहिले पनि घातक हुन्छ
किन ? गल्ती गरेभन्दै एकान्तमा रुन्छ
इज्जत गरौ एक अर्कालाई आफ्नै वंश ठानी
पछुताउनु पर्ला एक्लै के भयो यस्तो भनी
मै हुँ भन्ने सोच पाल्दा जहिले पनि घातक हुन्छ
किन ? गल्ती गरेभन्दै एकान्तमा रुन्छ
एक दिन त जानु नै छ डर राखी कर्म गर
आफ्नो काम आफै गर अन्यत्रको भर नपर
बिझाउने कुरा गर्दा जहिले पनि घातक हुन्छ
किन ? गल्ती गरे भन्दै एकान्तमा रुन्छ
Labels:
गीतहरु
Subscribe to:
Posts (Atom)
Sample text
This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.




