मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Saturday 18 April 2009

घमण्डको परिणाम

-बिमल गिरी

घमण्डको परिणाम जहिले पनि घातक हुन्छ
किन ? गल्ती गरेभन्दै एकान्तमा रुन्छ

इज्जत गरौ एक अर्कालाई आफ्नै 
वंश ठानी
पछुताउनु पर्ला एक्लै के भयो यस्तो भनी
मै हुँ भन्ने सोच पाल्दा 
जहिले पनि घातक हुन्छ
किन ? गल्ती गरेभन्दै एकान्तमा रुन्छ

एक दिन त जानु नै छ डर राखी कर्म गर
आफ्नो काम 
आफै गर अन्यत्रको भर नपर
बिझाउने कुरा गर्दा 
जहिले पनि घातक हुन्छ
किन ? गल्ती गरे  भन्दै एकान्तमा रुन्छ

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.