मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 30 November 2008

निरिह आँखाहरु

निरिह आँखाहरु -बिमल गिरी
सुन्य सुन्य यि निरिह आँखाहरु
करुणाका मुर्ती
यो बुढेसकालको
आत्मा सुन्य
चक्र बिच
असन्ख्य रमिताहरुको बिच
दु:खको बत्ती
निभ्न लागिरहेछ
भावाभाब रहित
किर्तीस्तम्भहरु
सङ्ला र सुन्यतामा
घुमि रहेकाछन।
रङी बिरङ्गी
आँखाहरु
सुन्यतालाई चिर्दै
सभ्य र सत्य मृत्‍युलाई
अद्रिस्य पटमा
सफा र सेता हिउसङै
ओर्लिन आतुरछन
सुनसान औशी
र बुढाउली चेहरा।
चुलिएकाछन अजङग
हिमालझै नाकका डाडिहरु
आमाको पहिचान
टाउकामा सजिएकाछन
करोडौको बिपना
र आदर्शको ऐना
सदाचारको ब्रतमा।।।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.