मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Monday 24 November 2008

अनमोल छ

गीत (अनमोल छ) -बिमल गिरी

आबेसमा आउनुहुन्न बिधम्सनै भए पनि
एकान्तमा रुनुहुन्न आँखातरी गए पनि

अनमोल छ जीबन यो मुस्कुराइदिउ बरु
सुन्दर समाज निर्माण गरौ शरण परुन अरु
जन्म मृत्‍यु नितान्तछ कुबेर जस्तै भएपनी
एकान्तमा रुनुहुन्न आँखा तरी गएपनी

शिखर चुम्ने हिम्मत गरौ थकाईहरु पर सारी
ब्यथाहरु आउछन जान्छन सहनुछ आधि हुरी
धर्य गरौ जस्तै दु:ख आपत बिपत आएपनी
एकान्तमा रुनुहुन्न आँखा तरी गएपनी।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.