मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Saturday 15 November 2008

गीत्

जिन्दगीको (गीत्) -बिमल् गिरी

जिन्दगीको खुशी सबै तिम्रै निम्ति साँचेकी छु
चाँडै आउ है भन्दै मनमा देवी देउता भाकेकी छु।

सात समुन्द्र पारी तिमी बिदेशीको साथ सँगै
दिन बिताउनै कठीन भयो कति बसौं एक्लै रुँदै,
मिलनका खुशी सबै तिम्रै निम्ति साँचेकी छु
चाँडै आउ है भन्दै मनमा देवी देउता भाकेकी छु।

मनमा कैल्यै खुशी छैन रुन्छु सधैं आँखाभरी
बैंस त्यसै खेर गयो ओिलियको फूल सरी,
आउने दिनको खुशी सबै तिम्रै निम्ति साँचेकी छु
चाँडै आउ है भन्दै मनमा देवी देउता भाकेकी छु।

चारपाने,झापा
हाल ब्रुसेल्स,बेल्जियम

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.