मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Saturday 29 January 2011

बिचलित मन

जीबनको उत्साह सङ्गै
तिमीले छरेको पराग
उमङ्गका ब्याडरुपी गमलामा
काडे क्याक्टस
पल-पल दुख्ने र
क्षण क्षणमा बिझाउने
सिमारेखा भएकोछ
जिन्दगी अस्ताउने क्षितिज पारि
घाइते बिचलित मन च्यापेर
बस्तिका अध्यारा रातहरुमा
पिडा ओकल्दै
प्रणयका भावभङ्गिमा
तिब्र प्यासको अनुभुती गर्ने
तिम्रो भित्री तलतले बानी
अर्थहिन सोचाइ
अबिरल चाहनामा
खुम्चेर तिमी
पोख्त भएकाछौ
निषेध मार्गमा
चित्रात्मक घटनाको
अभिनय गर्दै
नाभिको बासना
प्राप्त गरिरहेछौ
ससक्त आक्रमक बनेर !

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.