मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Thursday 20 January 2011

कबिता (पदार्पण)

इच्छामा गिद्धहुने अन्धाहरु
काकाकुलको देशमा
बराबरताको खेती गरिरहेछन
सुर बेसुरमा
बैरागमा उन्मादमा
अनुराग अलापिरहेछन
बेढङ्गमा कुर्लिरहेछन
रिसराग र पूर्बाग्रह मनभरि पालि
अन्धो प्रलोभनमा
लुछिरहेछन अङ्ग अङ्गमा
भयभित पारीरहेछन निमुखाहरुलाई
सम्झन्छु अनी निस्तेज बन्छु
त्रासको बास छ जताततै
जे गरेपनि हुन्छ
शब्दहिन हुन्छु
बेअर्थ चिच्याएरपो के हुन्छ?
को भन्न सक्छ
अबके हुन्छ?
अचेतन अनुभुति भएकाहरुलाई
स्वर्गबोध भईरहेछ
आधिपत्य जमाउ
पदार्पण गर
देख्नेहरुले अपसोस गर्नेछन
मेची देखी कालिसम्म
पट्यारलाग्दो यो निरासता कैलेसम्म ।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.