मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 2 January 2011

बादलको आचलले


युगौ भयो गयौ टाढा ब्यार्थै किन चोट दुख्छ
बेदनामा जल्छु सधैं ओठ यो त्यसै सुक्छ

आत्मा भरि आउछौ सधैं मन त्यसै पोल्छ
आँखाले नदेख्ने पनि भित्र भित्रै झन जल्छ
तिम्रै यादमा तद्पिदै जिन्दगी यो कैले लुक्छ

बादलको आचलले घामलाई छेके जस्तै गरि
सुनसान पारी मलाई क्षितिज पारी गयौ मोरी
तिमै यादमा तद्पिडा मनको कन्दरामा दुख्छ

युगौ भयो गयौ टाढा ब्यार्थै किन चोट दुख्छ
बेदनामा जल्छु सधैं ओठ यो त्यसै सुक्छ

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.