बेदनाको
1.बेदनाको भुमरिमा आँफै दुख्छु घरि घरि
उदास रात किन आउछ जिन्दगीको वोरिपरि
दुख्न बाँकी छैन अब सपनिहरुको भिडमा
मन रुन्छ त्यसै किन बिहानको शित सरि ।
2.रोइरने परेलिलाई आशुले नि'छोड्छ किन
डस्यौ ओठमा एक्लै पारि ऐले बचन तोड्छौ किन
सिङ्गो जीबन भत्काएर आघातमा डुबाइ गयौ
चुपचाप रङ्ग फेर्दै कुइनेटोमा मोड्यौ किन ।।
3.अन्तरकुन्तर छाम्यौ सबै ठोसठास सबै पार्यौ
लम्पसार फाटहरुमा मादकताको आशु झार्यौ
पराजय भोग्दैछु म बिध्वम्सको खातहरुमा
रस चुसी छोक्रा फ्यकि दुर्गतिको आहालमा झार्यौ ।।।
Sunday, 2 January 2011
Sample text
This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.