कबिता (तराइ रोइ रहेछ) -बिमल गिरी
दु:ख को क्षेण
पिडा को सागर भित्र
आशु को बुद मिसाउदै
जीन्दगी का नाउ खियाइ रहेछन
आज तमाम तराइबासिहरु
कोशी का भएवित र उदास बगरहरुमा,
बिरह र ब्यथा सँगै सोकाकुल महा मुद्रामा
बेदनात्मक बन्धनबाट स्तब्ध
अनगिन्ती सोकाकुल सन्तानहरु बिच
ओठ् का थैली खोलेर
सिटामोल का दरिद्रिक मानसिकता
बोकी जिबित म्रित का प्रतिमाहरु
सान्त्वना का फोस्रा शब्दहरु
बाडन ब्यस्त छन,
हा हाकार र भये सगै
आशु का थोपाहरु लाई शुक्ष्म कण सम्झी
बेदनामा आशु पिउदै बाचिरहेका
उकुस मुकुस आँखाहरु का समिपमा
औपचारिकता का बकम्फुसे चिप्ला अबिलाषाहरु
ओकल्न आतुर छन बर्तमान बुल् फ्रगहरु (यो क्यानडामा पाइने भ्यागुता हो
यस् को आवाज १ कि मि सम्म सुनिन्छ तर केही अर्थ लाग्दैन)
चारपाने झापा
हाल बेल्जियम
Wednesday, 1 October 2008
Sample text
This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.