आज कताकता
तिम्रो अबोध हृदय
रात बिरात
स्नेहले
चुम्न मन लाग्छ
किन? तिमी आफ्नै घमन्डमा
बाफिन्छौ ?
ओठ खोलेर मुस्कुराउन प्रिय !!
मैले तिमीसङ्ग
सुष्क नयनको
पिरो,पोल्ने
आशु मागेको होइन
अद्रिश्य पिल्पिलाउदो
चट्टानको ओसिलो
बिम्ब मागेको होइन
हृदय खोलेर
भावमग्न
मुस्कुराउन प्रिय !!!
दरिद्रिक आशु पिउदै
म त एकान्तमा रुने
बिरही न्याउली
न हास्न सक्छु
न रुन
प्रणयको डोरिले
बाधेहुन्छ निर्धक्क
किन ? रापिन्छौ
रहरमा रङ्ग भर्दै
मुस्कुराउन प्रिय !!!i