आकाश जमिन चारैतिर बहकिन्छ मन
रित्तिसक्यो भन्थे म त बर्षिरहन्छ झन
हिउझै फुल्ने रहरका सुकिगए बोटहरु
समयको लप्का सँगै धमिलिए ओठहरु
अस्ताएको घाम जस्तै भाबुक हुन्छ मन
रित्तिसक्यो भन्थे म त बर्षिरहन्छ झन
टोलाउथे किनारमा भुमरिको सयर गर्दा
उदास भो जीबन यो निष्टुरिको भर पर्दा
छातीभरी तनाब बोकी बेहोसमा रुन्छ मन
रित्तिसक्यो भन्थे म त बर्षिरहन्छ झन